२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु 

मंगलवार , श्रावण १०, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • कपिलवस्तु, १० साउन । 

    कपिलवस्तुको वाणगंगा नगरपालिका–३ सिउटीमा हिजो मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको छन् । 

    दुर्घटनामा मोटरसाइकल चालक स्थानिय २० वर्षिय आभाष परियार र पछाडी सवार २२ वर्षिय विष्णु परियार घाईते भएका थिए । 

    विष्णुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    घाइते भएका चालक आवाशको लुम्बिनी एडभान्स सिटी अस्पतालमा उपचार भैरहेको छ । 

    हिजो साँझ पौने ५ बजे लु ४२ प ७१३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको प्रहरी चौकी गाजेहडा कपिलवस्तुले जानकारी दिएको छ । न्युज कारखाना