
मंगलवार , श्रावण १०, २०७९
बुटवल, १० साउन ।
पश्चिमको पशुपतिको रुपमा पहिचान बनाएको स्वयंम उत्पत्तिमान पर्रोहा परमेश्वर धाम मन्दिरमा साउन मेलाको भण्डाराका लागि रोटरी क्लब अफ बुटवल डाउनटाउनसहित संघ–संस्थाहरुले आर्थिक सहयोग गरेको छ । सोमबार मन्दिर परिसरमा विशेष पूजाआजासहितको कार्यक्रममा पर्रोहा परमेश्वर धाम विकास समितिका अध्यक्ष रामवली चौधरी, सैनामैना वडा नम्बर ४ का वडाअध्यक्ष राम प्रसाद अधिकारीलाई डाउनटाउनका क्लबका अध्यक्ष भरत रानाले ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा पर्रोहा परमेश्वर बोलबम धाम विकास समितिका अध्यक्ष चौधरीले सामाजिक संघ–सस्थाहरुबाट भएको सहयोगका कारण मन्दिर व्यवस्थापनमा सहज भएको बताए । कोभिडका कारण दुई वर्ष स्वदेश तथा विदेशका धार्मिक पर्यटक आउन नसकेको धाममा यस वर्ष भने घुँइचो लागेको उनले बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष भरत रानाले धार्मिक पर्यटकको घुँइचो लाग्ने साउन महिनाभरी नै मन्दिरको व्यवस्थापनमा थोरै भए पनि आफूहरुबाट सहयोग जुटाउनु सौभाग्य भएको बताए ।
कार्यक्रममा क्लबका पूर्वअध्यक्ष राजेन्द्र ढकाल, पूर्वअध्यक्ष विमलराज भट्टराई, सचिव विष्णु भण्डारी, सहयोगी संस्थाहरु रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनका सौरभ भुषाल, बुटवल रामापिथेकसका विष्णु घिमिरे, बुटवल सिनर्जीका अर्जुन पौडेल, इनरह्जील क्लब अफ रुपन्देहीका गिता शर्माले आगामी दिनहरुमा समेत मन्दिरमा सहयोग गर्ने प्रतिवद्धता बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij