२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

पाल्पामा बस दुर्घटना: ६ जनाको मृत्यु

आइतवार , श्रावण ८, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • पाल्पा, ८ साउन । पाल्पामा बस दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको छ । 

    गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस आइतबार साँझ पाल्पाको लघुवामा सडकबाट तल खसेको हो । 

    मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेको पाल्पाका एसपी जनकबहादुर शाहीले जानकारी दिए । 

    १७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाइएको छ । प्रहरी स्थानीयले उद्धारको काम गरिरहेका छन् । मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।