images

बुधवार, बैशाख १२ गते २०८१

जेष्ठ नागरिक पार्टी

जेष्ठ नागरिक पार्टी

images
images
images
शुक्रवार, श्रावण ६ २०७९
शुक्रवार, श्रावण ६ २०७९
  • जेष्ठ नागरिक पार्टी

    हाम्रो देशमा धमाधम पुराना पार्टीहरु विघटन हुँदै नयाँ पार्टीहरु स्थापीत भइरहेका छन् । लोकतन्त्रमा जति धेरै पार्टी उती धेरै विकाश हुन्छ भन्ने नेताहरुको ठहर छ । लोकतन्त्रको आधार स्तम्भ भनेकै पार्टीहरु हुन् । पार्टीहरुले जनताको प्रतिनिधित्व गर्दै आफ्नो आफ्नो डम्फु बजाउँछन्  । पार्टीका नेताहरु भनेका कलियुगी भगवानहरु नै हुन्।

    images

    किन कलियुगी भगवानको अवतार भनियो त ? भन्ने जिज्ञासा आम पाठक वर्गमा जानु स्वभावीकै मानिन्छ । वि.सं २०४७ साल देखि वर्तमानसम्म आउँदा नेताहरुको अत्यन्त कल्याण भएको छ । पाटे चप्पल पड्काउनेहरुले टाटे महल खडा गरेका छन् । यो कलियुगी देवत्वकरण गर्ने पहिलो पार्टी हो — नेपाली कांग्रेस । यसका नेताहरुले प्रजातान्त्रिक समाजवादको नारा दिंदा दिंदा कृषकहरुको हाड पुरिएका मासुहरु सबै पगाले — मात्र करङहरु बाँकी छन् ।

    नेताका नजरमा जनता भनेका सबै राक्षस नै हुन्, यिनै राक्षस मध्यबाट देवत्वकरण गर्न नयाँ पार्टी खोल्नु पर्ने अत्यावश्यक भएको छ । नेपाली कांग्रेस पार्टीका नेताहरु नै प्रथम देवत्वकरण गर्ने अधिकारीहरु हुन् । यिनले “गरिबसँग विशेश्वर” कार्यक्रम ल्याए —मरेका वि.पीलाई त्यही फाँसी चढाइ दिए — गरिबहरुलाई वि.पी सँगै पुर्‍याइदिए — ऐले के गर्दै छन् ? थाहा छैन ।

    विपीका अनुयायीहरु ऐलेको अवस्थामा रुनु न हाँस्नुको अवस्थामा वर्तमान सरकारका आर्थिक, राजनीतिक र समाजिक करतूतहरु टुलु टुलु हेरेर बस्न बाध्य बनाइएका छन् । न अरुलाई अँगाल्न सक्छन् न हैसियत अनुसार काम गर्न नै । यि सम्पूर्ण कुराहरुलाई मध्यनजर राख्तै ‘जेष्ठ नागरिक पार्टी’ खोल्नुपर्ने आवश्यकता यस मुलुकलाई भएको हो ।

    माओवादीको जंगल यात्रा पट्टाक्षेप भएपछि यसका कमाण्डरको  हालसालैको भारत भ्रमणले सुरुङ युद्ध देखि भारतीय विस्तारवादलाई पूणर््रुपले पूर्णविराम लगाएको  वर्तमान अवस्थामा पनि एउटा अत्यन्त उर्जाशील पार्टीको आवश्यकता परेको हो, यो मुलुकलाई ।

    चिप्ले किरा देखि घो‌ंघीसम्मको यात्रा गर्दा गर्दै मधेस पहाड हुँदै फेरि पनि काठको पीरामा बस्न बाध्य नेताहरुको उद्धारका लागि पनि नयाँ पार्टी अत्यन्त आवश्यक भएको छ । 
    कलियुगी रामचन्द्रका नौटङ्कीको नाच जुन नेपाली जनताले पूर्ण रुपमा देखे त्यसलाई पूर्ण विराम दिन पनि यो पार्टीको आवश्यकता परेको हो । त्यति मात्र होइन पार्टी भित्र कहिले संस्थापन र कहिले इतर भन्दै दुइ फ्याक पार्टीलाई बनाउने महाराजाहरुको इहलिला समाप्तिका लागी यो पार्टी जन्माउनै पर्ने आवश्यकता देखिएको हो ।

    यो देशमा पार्टीहरुको संख्या धेरै भएकोले पनि त्यस्को न्यूनिकरणका लागि यस्को आवश्यकता भएको हो । जेष्ठ नागरिक पार्टी कस्तो हुनेछ त्यसको वृस्तित विवरण पछि प्रकाशन हुने छ । 
    जेष्ठ नागरिक पार्टीको सदस्यता १८ वर्ष उमेर पुगेका सम्पूर्ण नेपाली नागरिकहरु हुन पाउनेछन् ।

    तर सदस्यता प्राप्त गरेका ५९ वर्षसम्मका पुरुष÷महिला नागरिकहरु पार्टीको कुनै पनि तहमा उम्मेदवार हुन पाउने छैनन् तर उनीहरुमा मताधिकार भने सुनिश्चित हुनेछ । 
    पार्टीमा उठ्ने पदाधिकारीहरुको उमेर ६० वर्ष पुरा भएको हुनुपर्दछ ।

    पदाधिकारीहरु अविवाहित हुनु पर्ने छ ।

    यस्ता पदाधिकारीहरुको कुनै नारीहरुसँग कुनै प्रकारको यौनजन्य सम्पर्क र सम्बन्ध भएको हुनु हुँदैन ।

    विवाहित भएर पत्नि नभएको, मरेको वा पारपाचुके भएको तर छोराछोरी नभएकोले मात्र उम्मेदवार हुन पाउने छन् ।

    यस्ता व्यक्तिहरु समाजको कुनै पनि प्रकारको भौतिक गतिविधिमा संलग्न रहेको हुनु हुँदैन ।

    उम्मेदवारहरु शारिरीक रुपले स्वस्थ र मानसिक रुपले स्वच्छ हुनु पर्ने छ ।

    देश विकाशलाई स्वच्छ, निर्मल र सफा नेतृत्व हुन आवश्यक भएकोले यस्तो प्रावधान राखिएको हो । वर्तमान अवस्थामा देखिएका विकृतिहरु, विसंगतिहरु हटाउने यो भन्दा उत्तम उपाय देखिदैन । यस्तो भयो भने सेनेटेरी प्याड देखि विचौलियाको अर्थमन्त्रालय प्रवेश पनि आफै रोकिने छ । जेष्ठ नागरिक पार्टीले प्रदेश सरकारहरु पूर्ण रुपले खारेज गर्ने छ । यसले केवल पाँच मन्त्रालय र पाँच मन्त्रीहरुमात्र राख्ने छ । प्रधानमन्त्री कार्यकारी हुनेछ । उ नेपालभरका मतदाताहरुबाट चुनिने छ । सांसदको संख्या १०५ मात्र हुनेछ । सांसदहरुले नीति नियम बनाउनेछन् । सम्पूर्ण अधिकार विदेश नीति र सुरक्षाबाहेक तल्लो तहका एकाइहरुलाई दिइने छ । यसैले आउनुहोस् जेष्ठ नागरिक पार्टीसँग आवद्ध हुनु होस्। 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij