२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लायन्स बुटवल स्टार्सद्वारा अपांग दृष्टिबिहीन आश्रमलाई सहयोग

शुक्रवार , श्रावण ६, २०७९

बुटवल, ६ साउन ।
लायन्स क्लब अफ बुटवल स्टार्सले लुम्बिनी अपांग तथा दृष्टिबिहीन अनाथ आश्रम बुटवल–१५ उजेलापुर, रुपन्देहीलाई सहयोग गरेको छ । क्लबका अध्यक्ष विजय कुमार वर्नवालको जन्मोत्सवको अवसरमा आश्रममा १५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री प्रदान गरिएको हो । लायन्स डिष्ट्रिक ३२५ पी का सचिव तथा क्लबका संस्थापक अध्यक्ष सन्दिप कसौधन, निर्वतमान अध्यक्ष एन्जील खानले संयुक्त रुपमा आश्रमका सचिव लिलाराम रोकलाई उक्त सामग्री प्रदान गरेका हुन् । 

कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष सन्दीप कसौधनले विगत लामो समयदेखि लायन्स स्टार्सले उदाहरणीय काम गर्दै आएको बताउँदै आगामी  दिनमा पनि सामाजिक क्षेत्रमा क्रियाशिल रहने बताए । कार्यक्रममा क्लवका सचिव डी.एस. भट्टराईले क्लबले सामाजिक क्षेत्रमा अनुकरणीय काम गर्दै जाने बताए ।