२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

‘विकास विरोधी होइनौ तर राजधानीका विषयमा मन्त्री पौडेलको विरोध गरेकै हो’ 

बिहिवार , मंसिर ११, २०७७

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • बुटवल, ११ मंसिर । 
    रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रदेश ५ को राजधानी दाङ सार्न सहमति जनाउँदै अर्थमन्त्रीसंग साटेको विषयमा नेपाल तरुण दल र नपाल विद्यार्थी संघले बुधबार बुटवलमा विरोध प्रर्दशन गरेको जनाएको छ । सांकेतिक रुपमा, राजनैतिक विरोध स्वरुप, शान्ति पुर्ण ढंगले नाराबाजी गर्दै अर्थमन्त्री पौडेललाई बुटवलको तिनाउ पुल नजिकै नेपालगंज रोडमा कालो झण्डा देखाइएको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले आपत्ति जनाएको भन्ने विषयप्रति आफुहरुको गम्भिर ध्यानाकषर्ण भएको नेविसंघ र तरुण दल रुपन्देहीले जनाएको छ ।

    नेपाल तरुण दल रुपन्देहीका सभापति सोम बहादुर गुरुङ र नेपाल विद्यार्थी संघका केन्द्रिय उपसभापति मुक्ति पौडेलले संयुक्त विज्ञप्ती जारी गर्दै नेकपाले शान्तिपूर्ण विराध प्रर्दशन गर्न पाउने हक अधिकार माथि धावा बोल्दै वक्तव्यवाजी गरेको भन्दै दुःख व्यक्त गरेका छन् ।

    आफुहरु विकास विरोध नभइ विकासको साझेदार भएको भन्दै अर्थमन्त्री पौडेलले गरेका उद्घाटन र शिलान्यासका सबैजसो योजना तथा कार्यक्रमहरु विगतमा नेपाली कांग्रेसकै नेतृत्वमा भएको सरकरको पालामा अघि बढेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । 

    विकास निमार्णका सवालमा आफुहरु र आफ्नो पार्टी नेपाली कांगे्रस एवं भातृ संघ–संस्थाहरु, शुभेच्छुक संघ–संस्थाहरु सधै साथमा रहेको उल्लेख गर्दै राजधानीको विषयमा यस क्षेत्रको जनप्रतिनिधिको भुमिका आपत्तिजनक भएकोले त्यसको विरोध गरेको र आगामी दिनमा पनि चर्को रुपमा विरोध कायमै रहने उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ–शान्तिपूर्ण विरोध गर्दा यतिविधि आपत्ति किन ?