images

शुक्रवार, बैशाख २८ गते २०८१

निर्जिवन बीमा व्यवसायमा इतिहास रच्दै शिखर इन्स्योरेन्स , पाँच सय करोडको बीमशुल्क आर्जन

निर्जिवन बीमा व्यवसायमा इतिहास रच्दै शिखर इन्स्योरेन्स , पाँच सय करोडको बीमशुल्क आर्जन

images
images
images
सोमवार, श्रावण २ २०७९
सोमवार, श्रावण २ २०७९
  • निर्जिवन बीमा व्यवसायमा इतिहास रच्दै शिखर इन्स्योरेन्स , पाँच सय करोडको बीमशुल्क आर्जन
     
    भैरहवा १ साउन । शिखर इन्स्योरेन्स कम्पनिले निर्जिवन बीमा व्यवसायमा आर्थिक बर्ष २०७७/७८ मा नयाँ इतिहास रच्न सफल भएको छ । कम्पनीले अर्थिक बर्ष २०७७/७८ मा निजिर्वन बिमा व्यवसायमा सर्वाधीक पाँच सय करोड रुपैया बीमाशुल्क आर्जन गर्न सफल भएको हो । यस सँगै निर्जिवन बीमा कम्पनीहरुमा पहिलो पटक पाँच सय करोडको बीमाशुल्क आर्जन गर्ने शिखर पहिलो कम्पनी भएको छ ।
     
    कोरोना महामारीको प्रभाव र समग्र देशको अर्थतन्त्र नै नकारात्मक दिशा तर्फ उन्मुख रहेको बिषम अवस्थमा पनि कम्पनीले पाँच सय करोड बढीको बीमा शुल्क आर्जन गर्दै इतिहास रच्न सफल भएको हो । कम्पनीले अघिल्लो आर्थिक बर्ष २०७७/७८ को तुलनामा आर्थिक बर्ष २०७८/७९ मा पाँच सय एक करोडको बीमाशुल्क आर्जन गर्दै बीमा शुल्कमा आर्जनमा २६.२० प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।
     
    सन् २००४ मा स्थापन भएको कम्पनिले हाल सम्म बीमाशुल्क आर्जनमा नयाँ इतिहासहरु रच्दै आएको छ । नेपालको बीमा व्यवसायमा पहिलो पटक एक सय करोडको बीमा शुल्क आर्जन गर्ने पहिलो कम्पनी रहेको शिखरले आर्थिक बर्ष २०७०/७१ मा १०५ करोडको बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै कम्पनीले आर्थिक बर्ष २०७२/७३ मा पहिलो पटक दुइ सय करोड बीमाशुल्क आर्जन गरेको थियो भने आर्थिक बर्ष २०७४/७५ मा तीन सय करोड बढीको कारोबार गरेको थियो भने यस अघिको आर्थिक बर्षमा कम्पनीले झण्डै चार सय करोड बराबरको कारोबार गरेको थियो । 
     
    शिखरले अघिल्लो आर्थिक बर्षको भन्दा एक सय चार करोड रुपैयाले बढी बीमाशुल्क आर्जन गर्दै निर्जिवन बीमा व्यवसायमा पाँच सय एक करोड बीमा शुल्क आर्जन गर्ने पहिलाो कम्पनी बन्न सफल भएको हो । बिक्रम सम्वत २०६१ साल मंसिरको २ गते स्थापना भएको कम्पनीले स्थापनको बर्ष जम्मा १३ करोडको बीमाशुल्क मात्र आर्जन गरेको थियो । शिखरले स्थापनाको १७ औ बर्षमा आइ पुग्दा ३८ गुणाले बीमाशूल्क आर्जनमा बृद्धि गरेको छ । नेपालको निर्जिवन बीमा व्यवसायको बजाारमा शिखर इन्स्योरेन्स कम्पनीले बजारको झण्डै १५ प्रतिशत हिस्सा ओगटेको छ ।
     
    शिखरले गत आर्थिक बर्षमा झण्डै दुइ लाख ६२ हजार भन्दा बढी बीमालेख बिक्रि गर्दै सो बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएको हो । देश भरीका ६७ जिल्लामा ११० वटा शाखा संजाल मार्फत निर्जीवन बीमा गर्दै आएको शिखरमा हाल छ सय भन्दा बढी कर्मचारीहरु कार्यरत छन् । कम्पनीले गत आर्थिक बर्षमा झण्डै ८५ प्रतिशत भन्दा बढी दाावी फछर्यौट गर्न सफल भएको छ । कम्पनीमा परेका २२,७६८ दावी फाइलहरु मध्य १९,३८५ दावीहरु फछर्यौट गर्दै झण्डै तीन सय करोड भन्दा बढीको मात्र दावी भुक्तानी गरेको छ । बीमा समितीले गत आर्थिक बर्षलाई दावी फछर्यौट बर्षको रुपमा मनाई रहदा शिखरले झण्डै ८५ प्रतिशत भन्दा बढी दावी फछर्यौट गर्दै उत्कृष्ट नतिजा प्रदर्शन गरेको हो ।
     
    स्थापनाको छोटो अवधि बाट नै नेपाली बीमा बजारको निर्जिवन बीमा व्यवसायमा मार्केट लिडर रहेको शिखरले आफ्नो बर्चस्व कायम राख्दै आएको छ । शिखरले स्थाापनको १७औ बर्षको अन्तरालमा आफ्नो व्यवसायलाई झण्डै ३७५३ प्रतिशत भन्दा बढीले बिस्तार गर्न सफल भएको छ । पछिल्लो केहि दिन यता बीमा समितीले तोकेको चुक्ता पुजी पुर्‍याउन बीमा कम्पनीहरु ध्माधम मर्जरमा केन्द्रित भई रहेको अवस्थामा शिखर इन्स्योरेन्स भने बीमा समितीले तोकेको चुक्ता पुजी एक्लै पुर्‍याउन सक्ने देखिन्छ । बीमा समितीले जिवन बीमा कम्पनीहरुलार्य पाँच अर्व र निर्जीवन बीमा कम्पनीलार्य दुई अर्ब पचास करोड चुक्ता पुजी पुर्‍याउन निर्देशन दिएको छ । यस्तोमा शिखर कम्पनीको हाल चुक्ता पुजी दुई अर्ब अठ्ठाइस करोड रहेको छ भने कम्पनीले बाँकी चुक्ता पुजी लाभांसबाट नै पुर्‍याउन सक्ने देखिन्छ । बीमा शुल्क आर्जन, चुक्ता पुजी, शाखा संजाल लगायतका सुचकमा शिखर इन्स्योरेन्स कम्पनी अग्रपंक्तिमा रहेको छ । हाल मर्जर सम्झौता गरी नयाँ बन्ने कम्पनीहरुले समेत शिखरलाई उछिन्न नसक्ने देखिन्छ । 
     
    शिखर इन्स्योरेन्स कम्पनि नेपालमा संचालीत निर्जिवन बिमा कम्पनीहरु मध्य एक मात्र ए रेटीङ्ग प्राप्त गर्न सफल भएको कम्पनी हो । शिखर इन्स्योरेन्सलाई इक्रा नेपालले  (ICRA-NP ) A RATING सम्मान गरेको छ । यो मूल्याङ्कनले वित्तीय दायित्वहरुको सुरक्षाको लागी पर्याप्त डिग्री मानीन्छ । हाल सम्म शिखर इन्स्योरेन्स मात्र एक निर्जीवन बीमा कम्पनी हो जसले यो रेटिङ्ग प्राप्त गरेको छ । 
    यस्तै कम्पनीले बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गर्न सफल भएको छ ।
     
    आर्थिक बर्ष २०७१/०७२ मा सबैभन्दा बढि कर दाखिला गर्ने कम्पनीका रुपमा अन्तरिक राजश्व बिभाग, ठुला करदाता कार्यालय ललितपुर बाट सम्मान पत्र, नेपाल पुनर्बीमा कम्पनी लि.बाट लगातार आ.व. २०७५/०७६ र ०७६/०७७ मा निर्जिवन बीमा कम्पनीहरु मध्य सबै भन्दा बढी नाफामुलक ब्यबसाय प्रदान गरेकोमा सम्मान पत्र प्रदान, बिक्रम संवत २०७१, २०७३, २०७४, २०७६ सालमा New Business Age संस्थाबाट  Best : managed Insurance Company  पुरस्कार प्राप्त गर्न सफल भएको छ । यस्तै शिखरलाई २०१८ मा सर्वोत्कृष्ट निर्जीवन बीमा कम्पनीको रुपमा नामाकरण गरिएको थियो भने कारोबार उत्कृष्टता पुरस्कारू प्रदान गरिएको थियो ।
     
    नेपालको बिकट जिल्लाहरु जुम्ला, कालिकोट, डोल्पा मुगुका जनताहरुले मौषमका कारण बर्षेनी स्याउ खेतिमा भोग्दै आएको नोक्सानीका कारण पर्न गएको आर्थिक भारलाई कम गर्न मौसमी सुचाङ्कको बीमालेख मार्फत किसानलाई जोखिम सुरक्षण गर्नुका साथै क्षति पुर्ति प्रदान गरेको भन्दै अन्तराष्ट्रिय सस्था UK Aid funded Adaptation at Scale prize  Asia Network for Sustainable Agriculture and Bio resources (ANSAB )  द्वारा २०१९ मा पचास हजार पाउण्ड स्ट्रर्लिङ बराबरको पुरस्कार राशी समेत शिखर इन्स्योरेन्सले प्राप्त गरेको थियो । यस्तै सन् २०२२ मा बीमा सेवामा कर्पोरेट उत्कृष्टताको लागि “एच.आर.एम. नेपाल अवार्ड” पनि प्राप्त गर्न सफल भएको थियो ।
    WhatsApp Image 2022-07-18 at 8.14.48 AM (2).jpeg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij