
सोमवार , श्रावण २, २०७९
बुटवल, २ साउन ।
लायन्स क्लब अफ बुटवल स्टार्सले रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ६ केउलीस्थितसरस्वती आधारभूत विद्यालयमा सहयोग गरेको छ । क्लबले आइतबार एक कार्यक्रमकाबीच विद्यालयलाई नगद २५ हजार रुपैयाँ बराबरको स्टेशनरी र खेलकुद सामग्री प्रदान गरेको हो । शैक्षिक सामाग्री तथा खेलकुद सामग्रीहरु क्लबका अध्यक्ष विजय कुमार बर्नवालले विद्यालयका प्रधानाध्यापक खुम बहादुर सारुलाई हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष विजय कुमार बर्नवालले क्लबले यो वर्ष शैक्षिक क्षेत्रमा १५१५ दिनमा सहयोग गरिने बताए । सहयोग कार्यक्रम क्लबका पूर्व अध्यक्ष तथा एरिया का ३ चिफ एम.एल.पाण्डेको जन्मोत्सवको अवसर पारेर गरिएको हो ।
कार्यक्रममा बोल्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का फस्ट भ्वाइस गर्भनर अर्जुमान सैजुले स्टार्सको नारा ‘जहाँ दुःख्छ त्यहाँ पुग्छ’ भन्ने नारालाई आत्मसाथ गर्दे अतिविपन्न परिवार छोराछारीहरुलाई शिक्षाबाट वञ्चित नहुन भनेर सहयोग गरेकोमा क्लबको प्रशंसा गरे ।
क्लबका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक सचिव संन्दिप कसौधन लगायतले बोल्दै मानवीय सेवा भावले सामाजिक क्रियाकलापमा लायन्सको योगदान उच्च रहेको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताएका थिए । उनीहरुले सबैको साथ र सहयोगबाट मात्रै समाज परिर्वतन आवश्यक रहेको भन्दै सामाजिक क्षेत्रमा थप क्रियाशिलता बढाउने प्रतिवद्धता समेत जनाएका थिए ।
यसैबीच लायन्स क्लब अफ बुटवले स्टार्सले आइतबार वृक्षारोपण गरेको छ । देवदह नगरपालिका वडा नम्बर ६ केउलीस्थित सरस्वती आधारभूत विद्यालयको प्रांगणमा फलफूलका विरुवा रोपिएको क्लबले जनाएको छ । आँप, लिची, अम्बा, स्वाउ, लगायत विरुवा रोपिएकोे सयोजक भुपेन्द्र अर्यालले बताए ।
अध्यक्ष बिजय बर्नवालले वृक्षारोपणले वातावरणीय प्रभाव न्यूनीकरण गर्ने बताए । उनले क्लबले हर्बल गार्डेन देवदह र शंकनगर वन विहार तथा अनुसन्धान केन्द्रभित्र पार्क निर्माण गरेको र आवश्यता अनुसार वृक्षारोपण तथा निर्माण गरिने बताए । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का फस्ट भ्वाइस गभर्नर अर्जुमान सैजुले पर्यावरण बचाउन तथा जीवजन्तुको संरक्षणका लागि यो कार्यले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij