२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

आमाको वार्षिक पुण्यतिथिमा मन्दिरको अक्षयकोषलाई सहयोग

सोमवार , श्रावण २, २०७९

भैरहवा, २ साउन । 
आमाको वार्षिक पुण्यतिथिमा छोराछोरी तथा बुहारीले मन्दिरको अक्षयकोषलाई सहयोग गरेका छन् । सिद्धार्थनगर नगरपालिका–३ निवासी स्व. सुमित्रा भण्डारीको प्रथम वार्षिक पुण्यतिथिमा रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धाममा दैनिक पूजाआजा सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले मन्दिरको अक्षयकोषलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको छोरा लक्ष्मण भण्डारीले बताए । 

पर्रोहा बोलबम धामका संरक्षक व्यासाचार्य किशोर कुमार गौतम र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबली चौधरीलाई आइतबार उक्त रकमको चेक हस्तान्तरण गरिएको भण्डारीले जानकारी दिए । उनले भने, ‘बैंक ब्याजवापत प्राप्त रकमबाट स्व. बुवा शिवलाल भण्डारी, आमा स्व. तुल्सा भण्डारी र स्व. सुमित्रा भण्डारीको स्मृतिमा मन्दिरको अक्षयकोषलाई रकम हस्तान्तरण गरिएको छ । ’

हस्तान्तरण कार्यक्रममा छोराहरु तुल्सीराम भण्डारी, कृष्ण प्रसाद भण्डारी, लक्ष्मण भण्डारी, रामु भण्डारी, छोरी विजुला भण्डारी, बुहारी मनकला भण्डारी, यमकला भण्डारी, सीता भण्डारी, कमला भण्डारी लगायतको उपस्थिति रहेको थियो ।