images

शुक्रवार, बैशाख २१ गते २०८१

लुम्बिनी विकास कोष परिसरमा नेपाल एसबीआई बैंकको एक्स्टेन्सन काउण्टर

लुम्बिनी विकास कोष परिसरमा नेपाल एसबीआई बैंकको एक्स्टेन्सन काउण्टर

images
images
images
आइतवार, श्रावण १ २०७९
आइतवार, श्रावण १ २०७९
  • लुम्बिनी विकास कोष परिसरमा नेपाल एसबीआई बैंकको एक्स्टेन्सन काउण्टर

    लुम्बिनी, १ साउन ।
    लुम्बिनी विकास कोष परिसरभित्र नेपाल एसबीआई बैंकको एक्स्टेन्सन काउण्टर स्थापना गरी उद्घाटन गरिएको छ । कोष परिसरभित्र लुम्बिनी बसपार्कमा बैंकले एक्स्न्टेसन काउन्टरको स्थापना गरेको हो । दक्षिण एसयाली क्षेत्रीय सहयोग संगठनका महासचिव इसला रुवान विराकुनले उक्त काउण्टरको उद्घाटन गरे ।

    images
    images
    images

    बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दिपक कुमार देव, नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बैंकका भैरहवा शाखाका प्रबन्धक दिलिप रोय, अन्य कर्मचारी तथा लुम्बिनी विकास कोषका कर्मचारीहरुको उपस्थितिमा बैंकले एकन्टेसन काउण्टरको स्थापना गरेको बैंकको सूचना शाखाले जनाएको छ । उक्त कार्यक्रममा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी विकास कोषलाई १ सय वटा डस्टबीन हस्तान्तरण गरेको छ ।

    IMG-20220717-WA0014 (2).jpg

    लुम्बिनी क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्नका साथै पर्यटकीय तथा तीर्थयात्रीको बसाइमा समेत सहयोग पुग्ने बैंकको विश्वास छ । सोही क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका महासचिव इसला रुवान विराकुनल (पीओएस) मेसिन मार्फत डिजिटल डोनेशनको पनि उद्घाटन गरे । डिजिटल डोनेशनको सुरुवात गर्नुले लाखौं स्वदेशी तथा विदेशी आगन्तुकहरुलाई सेवा लिन सहज पुग्ने इसला रुवान विराकुनले बताए ।

    बैंकले देशको विभिन्न स्थानमा ९१ शाखा २१ एक्टेन्सन काउण्टर ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट आफिसका साथै १२९ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएको बैंक लुम्बिनी प्रदेश कार्यालयले जनाएको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij