२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

कहिले बन्छ सुस्तामा झोलुङ्गे पुल ?

ठेकेदारको लापरवाहीले ५ वर्षमा ३० प्रतिशत मात्र काम सम्पन्न

बिहिवार , मंसिर ११, २०७७

परासी, ११ मंसिर । 
सुस्ताको झोलुङ्गे पुल निर्माणमा ढिलाई हुँदा सुस्ताबासीहरु अझै पनि भारतीय यातना खेप्दै आउनु परेको बताएका छन् । झोलुङ्गे पुल निर्माण कार्य समयमै सम्पन्न नहुँदा सुस्ताबासी सुस्ताबासीमा निराशा छाएको छ । नदीमा जोखिमपुर्ण डुंगा यात्राको विकल्पमा रहेको सहज भारतीय बाटो प्रयोग गर्दा भारतीय एसएसबी र भारतीय जनताद्धारा सुस्ताबासीलाई मानसिक तथा शारीरिक यातना अझै पनि खेप्दै आउनुपरेको सुस्ताबासी बताउँछन् ।
 
नारायणी नदी (गण्डक) ले घेरिएको सुस्ता भुमीबाट आफनै वडा एवं गाउँपालिका र त्रिवेणी बजार आउन नदी पार गर्न जोखिमपुर्ण डुंगा यात्रा गर्नुपर्ने बाध्यता छ भने वर्षाको समयमा भारतीय बाटो प्रयोग गर्न बाध्यात्मक अवस्था रहेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले बताए । नारायणी नदी पारी भारतको विहारसंग जोडिएको सुस्ताभुमी जिल्लाको सुस्ता गाउँपालिका वडा नम्बर ५ को एक गाउँ हो । उक्त गाउँलाई वडा गाउँपालिका र सदरमुकामसंग जोडने गरी सरकारले ५ वर्ष अगाडी २०७२ सालमा झोलुङ्गे पुलको आयोजना दिए पनि ठेकेदारको चरम लापरवाहीले उक्त पुल निर्माण हुन सकेको छैन । वर्षाैदेखि भारतीय यातना खेप्दै र जोखिम पुर्ण डुंगाबाट यात्रा गर्दै आएका सुस्ताबासीको समस्या सामाधान गर्न सरकारले सुस्ता र पक्लिहवाँ गाउँ जोडन एसियाकै दोश्रो ठुलो झोलुङ्गे पुलको आयोजना दिएको खानले बताए ।   
 
IMG_0117.jpgत्रिसुली आश्रय जे.भी. कन्सट्रक्शन कम्पनीले २७ करोड रुपैयाँमा ठेक्का लिएको उक्त पुलको १ हजार ५ सय ७१ मिटर लम्बाई र डेढ (१.६) मिटर चौडाई रहेको छ उक्त झोलुङ्गे पुलको ५ वर्ष लगाएर बेस बनाउने कार्यमा सीमित रही मात्र २०० वटा पाईल धाँसिएको छ । पुलको निर्माणका लागि कुल २ सय २० वटा पाईल धाँसी ४ वटा ठुलो अग्लो पिलर ठढयाईनेछ भने १० वटा सानो पिलर ठडयाई झोलुङ्गे पुल बाँधिने कार्य अझै बाँकी छ । २ वर्षमा सम्पन्न हुने योजना ठेकेदारको लापरवाही र वेवास्ताले ५ वर्षमा झोलुङ्गे पुलको निर्माण कार्य जम्मा ३० प्रतिशत मात्र सकिएको छ । वर्षमा २÷३ महिना काम गर्ने अनि वर्षभरी विभिन्न बहाना गर्दै गायब रहने ठेकदार अहिले पनि बन्दाबन्दी र मजदूरको अभाव देखाउदै काम ठप्प पारी गायब रहेको संविधनासभा सदस्य देवकरण कलवारले बताए ।

यता ठेकेदार कम्पनीले कोभिड–१९ महामारीले नेपाल लकडाउन भएको र भारतीय मजदूर सबै घर गई हालसम्म फर्कि नसकेकाले काममा ढिलाई भइरहेको जानकारी दिएको छ । कम्पनीका अनुसार नदीको पुर्वी भागको बिच धारमा काम गर्नु परेकाले नदीमा बढि पानी रहेको ड्रिल गर्ने हेभि मेशिन नदीकै बाटो नजाने भएकाले उक्त भारतीय बाटोबाट हुँदै सुस्ता लैजानुपर्नेमा भारतीय प्रशासनले अहिलेसम्म अनुमति नदिएको जानकारी दियो । २ महिना अगाडी नदीमा ठुलो बाढी रहेको र अहिलेपनि नेपाल भारत नाकाका बन्द रहेको र चाडपर्वले कामदारहरु आइ नपुगेकाले काममा ढिलाई भएको ठेकेदार कम्पनीको भनाइ छ । 

सुस्ता पुग्न एक मात्र नेपाली बाटो जोखिमपुर्ण डुंगा यात्रा हो । सुस्ताभुमी पुग्न नदीमा  करिब ढाई (२.५) किलोमिटरको दुरी डुंगाले यात्रा तय गर्नुपर्दछ ।  उक्त यात्रा २ घण्टा भन्दा बढी लाग्ने गर्दछ । वर्षाको बेला नदीमा उच्च बाढीका कारण नदीमा डुंगा चलाइँदैन उता भारतको बिहार बाटो हुँदै आवतजावत गर्दा भारतीयले शारीरिक तथा मानसिक यातना दिने गरेको सुस्ताबासी रबिन्द्र जयसवालले जानकारी दिए । उनले भने, ‘सुस्ताबासीले नदीमा एउटा मोटरबोट संचालनमा ल्याएका छन्, जसबाट आवतजावत केही मात्रामा सहज भए पनि अझै सर–सामानहरुको ढुवानी र हाटबजारमा पुल नहुँदा समस्या भइरहेको छ ।

IMG_2615.jpgसुस्ताबासीहरुको मुख्य पेशा खेती र माछा मार्ने हो । ३ सय घरधुरी रहेको सुस्तामा खासगरी विपन्न परिवारका समुदायहरुको बसोबास बढी छ । करिब ४० हजार ९ सय ८० हेक्टेयर क्षेत्रफलमा फैलिएको उक्त सुस्ता भुमी वर्षौ देखिनै भारतीय पक्षद्धारा अतिक्रमण हुँदै हाल १४ हजार ४ हेक्टेर क्षेत्रफल अतिक्रमण भइसकेको छ र १९ हजार ५८० हेक्टर क्षेत्रफल भारतीय पक्षले विवादित भन्दै जोतभोगबाट रोक लगाएको छ । हाल सुस्ताबासीहरुको जोतभोगमा जम्मा ७ हजार हेक्टेर क्षेत्रफल मात्र रहेको बताउँछन् । सुस्तामा बाटोघाटो, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य भौतिक पूर्वाधार समेतको समस्या वर्षौदेखि नै यस्तै छ । यस वर्षबाट सुस्तामा सोलारबाट बिजुलीको पहुँच भएको छ भने अरु समस्या यथावत नै छन् । IMG_7094.jpgIMG20201117145536.jpgSusta Map.jpg