images

शुक्रवार, बैशाख २१ गते २०८१

सशक्त सहकारीद्वारा वार्षिकउत्सवको अवसरमा रक्तदान

सशक्त सहकारीद्वारा वार्षिकउत्सवको अवसरमा रक्तदान

images
images
images
शनिवार, आषाढ ३२ २०७९
शनिवार, आषाढ ३२ २०७९
  • सशक्त सहकारीद्वारा वार्षिकउत्सवको अवसरमा रक्तदान

    बुटवल, ३२ असार ।
    बुटवलस्थित सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले आफ्नो १४ औं वार्षिकउत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो ।  

    images
    images
    images

    कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रम सोसाइटी, रूपन्देहीका सभापति प्रेमलाल उदासले जिल्लामामा रक्तदान गर्ने लहर चलेको भन्दै रगतको अभाव हेरेर रक्तदान गर्न आग्रह गरे । ‘बिरामीको लागि कुन ग्रुपको रगत अभाव छ, त्यही समूहले रक्तदान गरे राम्रो हुन्छ’ उदासले भने, ‘जसले गर्दा रक्तदान गरेको रगत खेर पनि जाँदैन मैले सबै ठाउँमा यहीँ सल्लाह दिँदै आएको छु ।’

    सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले सहकारीले विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिँदै आएको बताए । उनले स्वस्थ्य व्यक्तिले हरेक तीन÷तीन महिनामा रक्तदान गरे कुनै पनि बिरामीले रगतको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था नआउने बताए । सहकारीका सह–सचिव तथा कार्यक्रम संयोजक कृष्ण पौडेलले रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमलाई निरन्तरा दिने बताए । उनले सहकारी र रक्तदाताबीच अनोन्याश्रीत सम्बन्ध रहेको बताए । सो अवसरमा ४० जनाले रक्तदान गरेका थिए । 

    कार्यक्रममा सहकारीका उपाध्यक्ष भीमलाल ज्ञवाली, सचिव इश्वरी प्रसाद पोखरेल, कोषाध्यक्ष महेश प्रसाद पोखरेल, सहकारीका लेखा सुपरीवेक्षण समितिका संयोजक बाबुराम पोखरेल, हाटबजार व्यवसायी संघका अध्यक्ष टेकबहादुर जिसी लगायतको सहभागिता रहेको थियो । सहकारीमा हाटबजारमा व्यवसाय गर्ने ९० प्रतिशत सदस्यहरु रहेका छन । सहकारीमा १ हजार १०० भन्दा बढी शेयर सदस्य र पूँजी २१ करोड रुपैयाँ भन्दा माथि पुगेको छ । वार्षिकउत्सव शुभकामना आदानप्रदान गरी पनि मनाइएको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij