images

शुक्रवार, बैशाख २१ गते २०८१

दाङमा ६३ प्रतिशत मात्रै बजेट खर्च

दाङमा ६३ प्रतिशत मात्रै बजेट खर्च

images
images
images
शुक्रवार, आषाढ ३१ २०७९
शुक्रवार, आषाढ ३१ २०७९
  • दाङमा ६३ प्रतिशत मात्रै बजेट खर्च
    दाङ, ३१ असार । 

    दाङ जिल्लामा प्रदेश सरकार अन्तरगतका कार्यालयमा ६३ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकार अन्र्तगतको पुँजीगत खर्च ६२.६० प्रतिशत भएको छ । यस आर्थिक वर्षभर पुँजीगत खर्च ६२.६० प्रतिशत भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ । 

    images
    images
    images

    जिल्लामा प्रदेश सरकारबाट चालु आर्थिक वर्षको लागि पँुजीगततर्फ ३ अर्ब ७४ करोड ८५ लाख ९१ हजार वजेट आएकोमा २ अर्ब ३४ करोड ८६ लाख ६८ हजार २ सय ९५ रुपैयाँँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सुचना अधिकारी उदयराज भण्डारीले जानकारी दिए ।

    चालुतर्फ ७८.३० प्रतिशत खर्च भएको छ । चालुतर्फ प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा १ अर्ब ९४ करोड ८८ लाख ५३ हजार रुपैयाँ आएको थियो । जसमा हालसम्म १ अर्ब ५२ करोड ६० लाख ६९ हजार ५ सय ७५ रुपैयाँ खर्च भएको छ । असार महिनामा मात्र प्रदेश सरकारको पुँजीगत खर्च ९२ करोड ३७ लाख १४ हजार ८ सय ५९ रुपैयाँ ८१ पैसा खर्च भएको छ । यसैगरी प्रदेश सरकार अन्र्तगत जिल्लामा हालसम्म ९९ करोड ६४ लाख ९१ हजार ६ सय ७७ रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी भण्डारीले बताए । 

    आव २०७८÷७९ मा दाङमा ३८ प्रतिशत विकास बजेट खर्च भएको छैन् । कुल ५ अर्ब ७४ करोड ६९ लाख ७४ हजार रुपैयाँ बजेटमध्ये १ अर्व ४० करोड १७ लाख ११ हजार ७ सय ५२ रूपैयाँ खर्च नभएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले बताएको छ । स्थानिय निर्वाचण, सार्वजनि खरिद नियमावली ११ औं संसोधन, निमार्ण सामाग्रको मुल्य वृद्धि लगाएतका कारण विनियोजित बजेट लक्ष्य अनुरुप कार्यान्वयन नभएको कार्यालयका प्रमुख शिवप्रसाद चौधरीले बताए । वजेटको आकारका हिसाव विनियोजित बजेट सतप्रतिसत प्रतिशत खर्च हुनेपर्ने हो । तर लक्ष्य अनुुरुप खर्च नहुदा विकास समेत प्रभावित भएको छ । न्युज कारखाना 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij