२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

मजदूर बीमाको तीनलाख मृतकको परिवारलाई प्रदान

बुधवार , मंसिर १०, २०७७

बुटवल, १० मंसिर । 
पश्चिमाञ्चल यातायात व्यवसायी समितिले मजदूर बीमा वापतको तीन लाख रुपैयाँ मृतकको परिवारलाई प्रदान प्रदान गरेको छ । समितिमा आबद्ध ट्रक व्यवसायीका चालक र सह–चालकको मृत्य हुँदा परिवारलाई राहत होस् भनी समितिले लगानी गरी जनही ३ लाख बराबरको मजदुर बीमा गरिदिने व्यवस्था मिलाएको छ । 

ना २ ख ८४८१ नम्बर ट्रकका चालक पूर्ण बहादुर भुर्जेलकोे गत माघ १४ गते रुपन्देहीको रोहिणी गाउँपालिका–३, धकधईमा दुर्घटनामा परी ज्यान गएको थियो । 

चालक भुर्जेलको ज्यान गएकोमा परिवारलाई राहत हुने गरी समितिले गरिदिएको बीमा रकम प्राप्त भएको तीनलाखको चेक बुधबार एक समारोहकाबीच उनकी श्रीमती सुनिता भुर्जेललाई प्रदान गरिएको हो । 

समितिले आफ्ना व्यवसायीका मजदूरको सवारी चलाउँदा दूर्घटनामा परि मृत्यु हुँदा राहत स्वरुप ३ लाख रुपैयाँ पाउने गरी गरिएको बीमा वापतको रकम प्रदान  गरिएको समितिका अध्यक्ष यम प्रसाद पाण्डेले बताए ।

बीमा रकम हस्तान्तरण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रताब बहादुर कार्की महासचिव जीत बहादुर भाट, कोषाध्यक्ष हरि रिमाल लगायतको उपस्थिति रहेको थियो ।