२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

बुवाको १२ औं पूण्यतिथिमा भोजन

मंगलवार , आषाढ २८, २०७९

भैरहवा, २८ असार ।
सिद्धार्थनगर–३ निवासी स्व. शिवलाल भण्डारीको १२ औं वार्षिक पूण्यतिथिमा उनका छोराहरु तुल्सीराम, कृष्ण प्रसाद, लक्ष्मण र रामप्रसाद भण्डारीले भैरहवास्थित सिद्धार्थ बालगृहमा रहेका बालबालिका र संस्कृत विद्याश्रममा रहेका बटुक र ब्राह्मणहरुलाई भोजनको व्यवस्था गरेका छन् ।

मंगलबार बिहान सिद्धार्थ बालगृह र संस्कृत विद्याश्रममा पुगेर भोजनको व्यवस्था गरिएको लक्ष्मण भण्डारीले बताए । शिवलाल भण्डारीको २०६७ साल साउन ८ गते निधन भएको थियो ।

293214860_1660769167637302_9053451067446109890_n.jpg