
मंगलवार , आषाढ २८, २०७९
बुटवल, २८ असार ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले थप ९ वटा एटीएम सञ्चालनमा ल्याएको छ । रुपन्देही जिल्लाको मणिग्राम र रुद्रपुर, कपिलवस्तुको ४ नम्बर जीतपुर, प्युठानको विजुवार, कास्कीको न्युरोड पोखरा, अर्घाखाँचीको सन्धिखर्क, बाँकेको नेपालगन्ज, दाङको घोराही र कैलालीको अत्तरियामा एटीएम सञ्चालनमा ल्याएको हो ।
बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्नका लागि भिसा नेटवर्कमा आवद्ध एटिएम मेसिनबाट डेबिट कार्डको प्रयोग गरी निःशुल्क रकम झिक्न सक्ने जनाएको छ । बैंकले अनलाइनबाट खाता खोल्ने, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, क्यूआर कोड, डेबिट कार्ड, डिम्याट तथा मेरो शेयर लगायतका सेवाहरुको व्यवस्था गरेको बैंककी प्रमुख सञ्चालन अधिकृत एवं डिजिटल बैकिङ हेड नम्रता थापाले जानकारी दिइन् ।
बैंकले ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्कमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
लुम्बिनी प्रदेशमा मात्रै ७१ वटा र संघीय राजधानी काठमाडौंमा ५ वटा सहित देशभर ८४ वटा शाखा शाखा कार्यालय सञ्चालनमा रहेको बैंकको अधिकृत पुँजी ५ अर्ब, जारी तथा चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको बैंकको निक्षेप ४२ अर्ब ५७ करोड र कर्जा लगानी ३८ अर्ब १५ करोड रहेको छ । बैंकका ५ लाख १५ हजार बढी निक्षेपकर्ता र १४ हजार ५ सय बढी ऋणी रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij