images
images

बुधवार, जेठ २ गते २०८१

सिभिल बैंकद्वारा सिद्धार्थनगर–५ वडा कार्यालयलाई डस्टबीन बक्स हस्तान्तरण

सिभिल बैंकद्वारा सिद्धार्थनगर–५ वडा कार्यालयलाई डस्टबीन बक्स हस्तान्तरण

images
images
images
आइतवार, आषाढ २६ २०७९
आइतवार, आषाढ २६ २०७९
  • सिभिल बैंकद्वारा सिद्धार्थनगर–५ वडा कार्यालयलाई डस्टबीन बक्स हस्तान्तरण

    भैरहवा, २६ असार ।
    सिभिल बैंक लिमिटेड भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ वडा समितिको कार्यालयलाई डस्टबीन बक्स हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमकाबीच बैंकले कार्यालयलाई १५ वटा डस्टबीन बक्स हस्तान्तरण गरेको हो ।
    कार्यक्रममा बोल्दै समाजसेवी तथा उद्योगी बृजेश अग्रवालले सिद्धार्थनगरमा फोहोरमैला व्यवस्थापनको समस्या रहेको बताए । उनले फोहोरमैला व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले डस्टबीन बक्स प्रदान गर्ने सिभिल बैंकलाई धन्यवाद दिए । उनले भने, ‘सिद्धार्थनगरलाई सफा र हराभरा राख्नुपर्छ ।’

    images
    images
    images

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले घरबाट निस्केको फोहोर अरुको घर वा पसल अगाडि नफाल्न आग्रह गरे । उनले भने, ‘हामी सामाजिक प्राणी हौं, अनुशासमा बस्नुपर्ने हाम्रो दायित्व हो । ’ उनले सडकपेटीमा सामान नराख्न आग्रह गरे । उनले वडा नम्बर ५ मा धर्मशाला, बाल उद्यान (पार्क), सार्वजनिक शौचालय निर्माण गरिने बताए । वडाअध्यक्ष श्रेष्ठले डस्टबीन बक्सले वडा तथा शहर सफा राख्न मद्दत पुग्ने बताए । उनले सिभिल बैंकले हस्तान्तरण गरेका डस्टबीन बक्सले व्यवस्थित गर्दै आवश्यक स्थानमा राखिने बताए ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले हाम्रो नगर, स्वच्छ नगर अभियान अन्तर्गत यो कार्यक्रम राम्रो सुरुवात भएको बताए । उनले वडा नम्बर ५ ले यसअघि गरेको जेष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिलाई सम्मान कार्यक्रम प्रशंसनीय रहेको बताए । समाजसेवी नारायण प्रसाद अग्रवालले नगरको सरसफाईमा ध्यान दिनुपर्ने बताए ।

    सिभिल बैंक भैरहवा शाखाका प्रबन्धक सरोज सापकोटाले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वडा कार्यालयलाई डस्टबीन बक्स वितरण गरेको बताए । उनले आगामी दिनमा पनि नगरपालिका तथा वडा कार्यालयसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

    सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका कार्यवाहक अध्यक्ष सतिष कुमार कौशल (दीपक)ले फोहोरमैला व्यवस्थापनका लागि आवश्यक काम अघि बढाउन आफूले वडा कार्यालयलाई आग्रह गर्दै आएको बताए । उनले वडा नम्बर ५ ले गरेका यस्ता उदाहरणीय कामहरु अन्य वडाले पनि गर्नुपर्ने बताए ।

    सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता, समाजसेवी एवं उद्योगी बृजेश अग्रवालको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक एवं वडा सदस्य सरस्वती श्रेष्ठको स्वागत तथा वडा सदस्य विनित कुमार बेरिवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij