
आइतवार , आषाढ २६, २०७९
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा १५ मा रहेको मधवलिया जनकल्याण सेवाको प्रथम साधारण सभा सम्पन्न भएको छ । स्वास्थ्य र मानविय सेवामा काम गर्दै आएको जनकल्याणको प्रथम साधारण सेवा सम्पन्न भएको हो ।
साधारण सेवाको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले जनकल्याण सेवाले उत्कृष्ट काम गरेको भन्दै प्रशंशा गरे । उनले स्थानिय सरकारले समेत गर्न नसकेको कतिपय काम यो सस्थाले गरेको भन्दै निरन्तरताको लागि आग्रह गरे ।
मेयर खाणले तिलोत्तमाका युवालाई तिलोत्तमामै रोक्ने योजना अनुसार नगरपालिकाले युवा मैत्रि कार्यक्रमलाई प्रभावकारी ढङगले काम गर्न लागेको बताउदै उद्यमशिल बनाउने बिषयमा यस्ता खालका सस्थासंग काम गर्ने बताए । जनकल्याणले समाज रुपान्त्रणमा महत्वपुर्ण काम गरेको उल्लेख गर्दै मेयर खाणले नगरपालिकाले पनि सहकार्य गरेर काम गर्ने बताए ।
२०७४ सालमा स्थापना भएको जनकल्याण सेवाले एम्बुलेन्स सेवा समेत सुचारु गर्दै आएको छ । तिलोत्तमाका गर्भवती महिला, असहाय र बृद्धालाई निश्चित स्थान सम्मका लागि निशुल्क सेवा समेत प्रवाह गर्दै आएको सस्थाका अध्यक्ष उमाशंकर खड्काले जानकारी दिए । उनले स्वास्थ्य सेवा गर्ने उदेश्यले स्थापना भएको सस्थाले बिपतमा परेका नागरिक तथा अन्य सामाजिक कार्य समेत गर्दै आएको बताए ।
मिना पाण्डेको स्वागत र चुरामणी सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा नगरपालिकाकी बरिष्ट सामाजिक परिचालिका अल्पा घिमिरे लगाएतले बोल्दै छोटो समयमै सस्थाले सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेको बताएका छन् ।
सो अबसरमा प्रस्तुत गरिएको अध्यक्ष र कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन पारित गरिएको थियो । साथै साधारण सभाले सदस्य सीता शर्मालाई कोषाध्यक्षमा पदोन्नती गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij