images
images

बुधवार, जेठ २ गते २०८१

बढ्दो महंगीविरुद्ध किसान महासंघद्वारा भैरहवामा विरोध सभा

बढ्दो महंगीविरुद्ध किसान महासंघद्वारा भैरहवामा विरोध सभा

images
images
images
शनिवार, आषाढ २५ २०७९
शनिवार, आषाढ २५ २०७९
  • बढ्दो महंगीविरुद्ध किसान महासंघद्वारा भैरहवामा विरोध सभा

    भैरहवा, २५ असार ।
    रासायनिक मलको अभाव, पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धि, बढ्दो महंगी र पूर्व अर्थमन्त्री जर्नादन शर्मालाई कानूनी कारवाहीको माग गर्दै नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघ रुपन्देहीले शनिबार भैरहवामा विरोध सभा गरेको छ ।

    images
    images
    images

    वर्तमान गठबन्धन सरकारले किसानको कुनै समस्या समाधान गर्न नसकेकाले त्यसकाविरुद्ध भैरहवास्थित बुद्धचोकमा विरोध सभाको आयोजना गरिएको अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश कमिटी सचिव महेन्द्र गिरीले बताए ।

    विरोध सभालाई सम्बोधन गर्दै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा किसान महासंघका स्थायी समिति सदस्य कविराम अर्यालले महंगी र चर्को मूल्यवृद्धिकाविरुद्ध अनवरत रुपमा आन्दोलनका कार्यक्रम अगाडि बढिरहेको बताए । उनले मूल्यवृद्धिकाविरुद्ध तथा भूमिसँग सम्बन्धित समस्या समाधान गर्नका निम्ति महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको बताए । उनले महासंघले किसानका समस्या समाधान र महंगी नियन्त्रणका निम्ति पटकपटक आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

    नेता अर्यालले भने, ‘रासायनिक मलको अभावमा खेती गर्न ठूलो समस्या छ, मलको अभावमा कृषि उत्पादन घट्ने निश्चित छ, मल सुलभ रुपमा किसानलाई उपलब्ध गराउन तथा नेपाली जनतामाथि लादिएको मूल्यवृद्धि फिर्ता लिन यो विरोध सभामार्फत गठबन्धन सरकारसँग आग्रह गर्न चाहन्छौं । ’ यदी सरकारले किसानका मागलाई वेवास्ता गरेर महंगी नियन्त्रण नगरेको अवस्थामा सशक्त आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिए । उनले देशैभरी सांकेतिक रुपमा विरोधका कार्यक्रमहरु सञ्चालन गरिएको बताए ।

    IMG_0773.JPG

    अखिल नेपाल किसान महासंघ रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पन्थीले वर्तमान गठबन्धन सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेको बताए । विरोध सभामा एमाले केन्द्रीय सदस्य भुमिश्वर ढकाल, शिवराज सुवेदी, रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसी, उपसचिव चित्र बहादुर कार्की, हितराज पन्थी लगायतको उपस्थिति रहेको थियो ।

    विरोध सभामा सहभागी नेता कार्यकर्ताहरुले भूमिसम्बन्धी समस्या समाधान गर, रासायनिक मलको आपूर्ति तुरुन्त गर, कृषिसम्बन्धी समस्या समाधान गर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर जस्ता नारा लगाएका थिए ।

    IMG_0764.JPG

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij