images
images

बुधवार, जेठ २ गते २०८१

‘भाष्करानन्द माया शर्मा शिक्षा पत्रकारिता पुरस्कार’ बाट न्यौपाने पुरस्कृत हुने

‘भाष्करानन्द माया शर्मा शिक्षा पत्रकारिता पुरस्कार’ बाट न्यौपाने पुरस्कृत हुने

images
images
images
शनिवार, आषाढ २५ २०७९
शनिवार, आषाढ २५ २०७९
  • ‘भाष्करानन्द माया शर्मा शिक्षा पत्रकारिता पुरस्कार’ बाट न्यौपाने पुरस्कृत हुने

    भैरहवा, २५ असार ।
    भाष्करानन्द माया शर्मा अक्षयकोष सिद्धार्थनगर, रुपन्देहीद्वारा स्थापित शिक्षा पत्रकारिता पुरस्कार–२०७९ बाट यस वर्ष पत्रकार माधब न्यौपाने पुरस्कृत हुने भएका छन् । 

    images
    images
    images

    लुम्बिनी प्रेस क्लबको सहकार्यमा स्थापित उक्त पुरस्कार न्यौपानेलाई प्रदान गर्ने निर्णय भएको अक्षयकोषका संस्थापक अध्यक्ष भाष्करानन्द (बी.एन.) शर्माले बताए । शनिबार बसेको कार्यसमितिको बैठकले क्लबको सिफारिसलाई अनुमोदन गर्दै पत्रकार न्यौपानेलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । अक्षयकोषको मूल उद्देश्य परिपूर्तिमा सहयोग गर्न शिक्षासम्बन्धी समाचार सम्प्रेषणमार्फत योगदान पुर्याउने पत्रकारलाई संस्थाले पुरस्कृत गर्दे आएको छ ।

    पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । न्यौपाने गौतमबुद्ध सन्देश राष्ट्रिय दैनिकका समाचार प्रमुख हुन् । उनी लुम्बिनी प्रेस क्लबका निवर्तमान सचिव, प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश सदस्यका साथै विभिन्न संघ–संस्थामा जिम्मेवारी सम्हाल्दै आएका छन् । न्यौपाने विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । यो पुरस्कार यसअघि पत्रकार दीपेश पछाई, सम्झना शर्मा, अरुण ज्ञवाली र रबिन्द्र प्रताप गुप्ताले पाइसकेका छन् । पुरस्कार वितरण गर्ने मिति, समय र स्थानबारे पछि जानकारी गराइने भाष्करानन्द माया शर्मा अक्षयकोष सिद्धार्थनगरका कार्यसमिति सदस्य हरि बहादुर खड्काले बताए ।

    भाष्करानन्द माया शर्मा अक्षयकोषले प्रत्येक वर्ष सिद्धार्थनगर भित्रका सामूदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । अक्षयकोषले विभिन्न मापदण्डका आधारमा छनौट गरी आर्थिक अभावका कारण आफ्नो पढाईलाई निरन्तरता दिन असमर्थ विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले छात्रवृत्ति प्रदान गर्छ ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij