images
images

बुधवार, जेठ २ गते २०८१

भाष्करानन्द माया शर्मा अक्षयकोषबाट २४ विद्यार्थीले छात्रवृत्ति पाउँदै

भाष्करानन्द माया शर्मा अक्षयकोषबाट २४ विद्यार्थीले छात्रवृत्ति पाउँदै

images
images
images
शनिवार, आषाढ २५ २०७९
शनिवार, आषाढ २५ २०७९
  • भाष्करानन्द माया शर्मा अक्षयकोषबाट २४ विद्यार्थीले छात्रवृत्ति पाउँदै
    फाइल तस्विर

    भैरहवा, २५ असार ।
    भाष्करानन्द माया शर्मा अक्षयकोष सिद्धार्थनगर, रुपन्देहीबाट यस वर्ष २४ जना विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । भैरहवा क्षेत्रमा रहेका ७ वटा सामूदायिक विद्यालयका २४ जना विद्यार्थीहरुले छात्रवृत्ति पाउने अक्षयकोषका संस्थापक अध्यक्ष भाष्करानन्द (बी.एन.) शर्माले बताए । 

    images
    images
    images

    ‘२०७९ जेठ २० देखि असार ५ सम्म आवेदन फाराम वितरण र असार १५ गतेसम्म फाराम पेश गर्नुपर्ने म्याद तोकेका थियौं, विभिन्न मापदण्डका आधारमा छनौट भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नेछौं, ’शर्माले भने ।

    वि.स. २०७२ सालमा स्थापना भएको अक्षयकोषले हालसम्म ८४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिसकेको उनले बताए । अक्षयकोषबाट कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई ५ हजार, ६ देखि ८ सम्म अध्ययनरतलाई ७ हजार र कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई १० हजार रुपैयाँ प्रदान गरिने उनले बताए । यस वर्ष सूर्यदेव माविका ३, भानु माविका ४, सुसंस्कृत माविका ४, नवदुर्गा माविका ३, महात्मा बुद्ध माविका ३, भैरहवा नमूना माविका ३ र रुपन्देही लीलाराम न्यौपाने माविका ४ जना विद्यार्थीले छात्रवृत्ति पाउने उनले बताए ।

    अक्षयकोषमा रहेको रकमबाट प्राप्त ब्याजबाट प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिदै आए पनि २०७७ र २०७८ सालमा कोरोना भाइरस संक्रमणका कारण वितरण गर्न नसकिएको शर्माले जानकारी दिए । 

    आर्थिक अभावका कारण पढाईलाई निरन्तरता दिन नसकेका विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरिएको उनले बताए । 

    छात्रवृत्ति प्रदान गर्ने मिति, समय र स्थानबारे पछि जानकारी गराइने भाष्करानन्द माया शर्मा अक्षयकोष सिद्धार्थनगर, रुपन्देहीका कार्यसमिति सदस्य हरि बहादुर खड्काले जानकारी दिए ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij