images
images

बुधवार, जेठ २ गते २०८१

लुम्बिनीका स्वास्थ्यकर्मीको प्रश्न : प्रोत्साहन भत्ताबाट हामीलाई किन वञ्चित गरियो ?

लुम्बिनीका स्वास्थ्यकर्मीको प्रश्न : प्रोत्साहन भत्ताबाट हामीलाई किन वञ्चित गरियो ?

images
images
images
शुक्रवार, आषाढ २४ २०७९
शुक्रवार, आषाढ २४ २०७९
  • लुम्बिनीका स्वास्थ्यकर्मीको प्रश्न : प्रोत्साहन भत्ताबाट हामीलाई किन वञ्चित गरियो ?

    भैरहवा, २४ असार ।
    रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले आफूहरुलाई प्रोत्साहन भत्ताबाट वञ्चित गरिएको गुनासो गरेका छन् । नगर कार्यपालिकाको निर्णय नम्बर १२ को बुँदामा प्रत्येक कर्मचारीलाई १५ देखि ३० प्रतिशत प्रोत्साहन भत्ता दिने गरिए पनि स्वास्थ्यकर्मीलाई किन वञ्चित गरिएको भन्दै नगरपालिकासँग प्रश्न गरेका छन् ।

    images
    images
    images

    नगर कार्यपालिकाको निर्णय नम्बर १२ को बुँदामा नगरपालिकामा कार्यरत कर्मचारीलाई कार्यसम्पादन सूचकमा आधारित भइ गरिएको कार्यसम्पादन मूल्यांकन बमोजिम आधारभूत तलब स्केलको कम्तीमा १५ प्रतिशत र अधिकतमा ३० प्रतिशतसम्म प्रोत्साहन भत्ता उपलब्ध गराउने भन्ने छ । तर उक्त निर्णय कार्यान्वयन नभएको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।

    शुक्रबार स्वास्थ्यकर्मी हकहित संरक्षण समिति लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देहीले नगरप्रमुख सदरुद्दीन मुसलमान र उपप्रमुख कल्पना हरिजनलाई ज्ञापनपत्र बुझाउँदै स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिनुपर्ने व्यवस्था गर्न माग राखेको छ ।

    प्रोत्साहन भत्ता पाउनुपर्नेसहित पाँच बुँदे माग राख्दै ज्ञापनपत्र बुझाइएको समितिका संयोजक तारा खनालले बताए ।
    ‘नेपाल सरकाबाट सर्शत बजेट लगाएर तीन वर्षसम्म आंशिक बाहेक अरु खर्च गरिएन । जसका कारण लुम्बिनीका जनता सेवा सुविधाबाट पाउनबाट वञ्चित भए यस्ता कार्यक्रम नचलाई रकम फिर्ता पठाउने काम किने भयो ? शशर्तका कार्यक्रम सबै गरियोस्, ’ज्ञापनपत्रमा उल्लेख छ ।

    ‘संघीयता कार्यान्वयन पश्चात स्वाथ्यकर्मीहरुलाई स्थानीय तहमा समायोजन भएर आएको लामो समय बितिसक्दा पनि स्वास्थ्य सेवा र स्वास्थ्यकर्मीलाई नगरपालिकाले अपनत्व ग्रहण गर्न नसकेको अनुभुति भएको छ । साथै स्वास्थ्यका कर्मचारी र अन्य कर्मचारीहरुबीच भेदभाव किन ? यसको तत्काल अन्त्य गरियोस्, ’ज्ञापनपत्रमा भनिएको छ । 

    IMG-20220708-WA0005.jpg

    ‘त्यस्तै आधारभूत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य संस्थाको लागि आवश्यक कर्मचारीहरुको विज्ञापन गत वर्ष खोली बदर गरिएको र चालु आर्थिक वर्षको मंसिर महिनामा परीक्षा लिइ हालसम्म नतिजा नआउनुको कारण के हो, नतिजा तुरुन्त निकालियोस्, ’समितिका संयोजक तारा खनालले भने ।

    त्यसै गरी कोभिड कोषबाट भएको खर्चको विवरण सार्वजनिक गर्न समितिको माग छ । स्वास्थ्यकर्मीको मागको सुनुवाइ नभए र विभेद गरिए दोस्रो चरणको आन्दोलनमा जाने संयोजक खनालले बताए ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij