बिहिवार , आषाढ २३, २०७९
काठमाडौं, २३ असार। नेपाली बजारमा बिहीबार सुनको भाउ एक हजार चार सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।बिहीबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले वृद्धि भएर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको भाउ प्रतितोला ११ सय ७५ रुपैयाँ कायम थियो ।न्युज कारखाना
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij