२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

लोपोन्मुख संगीत संरक्षण गर्न ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम : प्रधानमन्त्री 

मंगलवार , आषाढ २१, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, २१ असार  । प्रधानमन्त्री शेरबहादुर देउवाले लोपोन्मुख संगीत परम्पराको संरक्षणका लागि ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम ल्याएको बताएका छन् ।

    मंगलबार नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानको १२ औं प्राज्ञ सभा बैठकको उदघाटन गर्दै प्रधानमन्त्री देउवाले नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिस्ठानमार्फत् विभिन्न नेपाली लोकबाजा तथा लोकनृत्यहरुको पहिचान र प्रशिक्षण, नाटय प्रविधिका क्षत्रका विशेष प्रशिक्षण, बालनाटक महोत्सव कार्यक्रमहरुको आयोजना गर्दै जाने बताए । 

    यसका लागि देशको सवब भूगोल, जाति, समुदायसम्म पुग्न प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री देउवाले प्राज्ञ प्रतिष्ठानका प्राज्ञहरुलाई निर्देशन दिए । 
    संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका संरक्षक जीवनराम श्रेष्ठले देशको सांकृतिक विविधतालाई जोगाइराख्नु सबैको कर्तव्य भएको बताए ।न्युज कारखाना
     

    Avatar