
मंगलवार , मंसिर ९, २०७७
भैरहवा, ९ मंसिर ।
उद्योग व्यापार संगठन रुपन्देहीले कोरोना संक्रमित (कोभिड–१९) का बिरामीहरुलाई विभिन्न सामाग्री वितरण गरेको छ । संगठनले भैरहवास्थित भीम अस्पतालमा उपचाररत कोभिड–१९ का विरामीहरुलाई सामाग्री वितरण गरेको हो ।
छैठौं उद्योग दिवस–२०७७ को अवसर पारेर कोभिडका बिरामीहरुलाई मंगलबार हर्लिक्स, काजु, बदाम, च्यवनप्राश लगायतका सामाग्री वितरण गरिएको संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । दिवसको अवसरमा बिरामीहरुको रोगसंग लड्ने प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले सामाग्री वितरण गरिएको बताए । प्रत्येक वर्ष उद्योग मनाउने सन्दर्भमा यस वर्ष अस्पतालमा रहेको कोरोना भाइरस संक्रमितलाई सामाग्री दिएर मनाइएको बताए । कोभिड–१९ का कारण उद्योग क्षेत्र धरासायी भएको उनले बताए ।
सामाग्री ग्रहण गर्दै भीम अस्पताल अन्तर्गत कोरोना अस्पताल (आइसोलेशन)का चिकित्सक एवं बालरोग विशेषज्ञ डा. आरिफ हुसेनले अस्पतालमा उद्योग व्यापार संगठनले गरेको कार्यक्रमले बाहिर पनि सकारात्मक सन्देश जाने बताए ।
संगठनका महासचिव अनिल कुमार ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा संगठनका पदाधिकारी, कार्यसमिति सदस्य, सचिवालय सदस्य, अस्पतालका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij