२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल चालकको मृत्यु

शनिवार , श्रावण १०, २०७७

  • 5.3K
    Shares
  • 5.3K
    Shares

  • भैरहवा, १० साउन ।
    ट्रकलाई ओभरटेक गर्ने क्रममा रुपन्देहीमा मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार राती ९ः३० बजे तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राम चोक नजिकै भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३३६६ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको लु २३ प ९२०५ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

    ओभरटेक गर्ने क्रममा ट्रकको साइडको भागमा ठोक्दिा गुल्मीको दरबार गाउँपालिका–२ का २९ वर्षिय धन बहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    दुर्घटना पश्चात घाइते भएका बस्नेतलाई इलाका प्रहरी कार्यालयको टोलीले उपचारको लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगेको र उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।


    शव सोही अस्पतालमा रहेको तथा ट्रक, मोटरसाइकल र ट्रकचालक सल्यानको शारदा नगरपालिका–४ का ३० वर्षिय टंक बुढाथोकी प्रहरीको नियन्त्रणमा रहेको खत्रीले जानकारी दिए ।