
मंगलवार , आषाढ २१, २०७९
काठमाडौं, २१ असार। मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको थियो ।
यता, मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो ।न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij