२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कानुनी विषयक अभिमुखीकरण

मंगलवार , आषाढ २१, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, २१ असार ।
    मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कानुनी विषयक अभिमुखीकरण कार्यक्रम सोमबार भैरहवामा सम्पन्न भएको छ । 
    माइती नेपाल आवधिक गृह भैरहवाको आयोजनामा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का महिला र किशोरी गरी ३५ जनाको सहभागिता रहेको थियो ।

    सहभागीहरुलाई माइती नेपालका कार्यक्रम संयोजक माया क्षेत्रीले जानकारीमूलक सामग्री प्रस्तुतीकरण गरेकी थिइन् । कार्यक्रममा मानव बेचविखन भनेको के हो, कसरी बेचबिखन हुन सक्छ ,यसबाट जोगिन र कानुनी बाटो के छ जस्ता कुराहरुका बारेमा प्रशिक्षणमुलक कार्यक्रम भएको थियो ।