
सोमवार , आषाढ २०, २०७९
काठमाडौं, २० असार ।
नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । यसभन्दा अगाडि मूल्यवृद्धि चर्काे विरोध हुँदा मूल्य घटाएको आयल निगमले पुनः मूल्यवृद्धि गरेको हो ।
सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर ९ रुपैयाँ मूल्य वृद्धि भएको हो । त्यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर ५ रुपैयाँले मूल्य वृद्धि भएको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र, डिजेल/मट्टीतेलमा प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ । त्यस्तै हवाई इन्धन (आन्तरिकतर्फ) १९० रुपैयाँ पुगेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij