
सोमवार , आषाढ २०, २०७९
भैरहवा, २० असार ।
लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपको पद हस्तान्तरण कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा क्लबकी वर्ष २०२१/२२ की अध्यक्ष मायादेवी सूर्य वंशीले वर्ष २०२२/२३ का अध्यक्ष निर्मला श्रेष्ठलाई पद हस्तान्तरण गरेकी छन् । वर्ष २०२२/२३ को प्रथम उपाध्यक्षमा यमकला न्यौपाने, द्वितीय उपाध्यक्षमा सरस्वती के.सी., तृतीय उपाध्यक्षमा मिनिता थापा क्षेत्री, सचिवमा पवित्रा पछाई कोषाध्यक्षमा प्रेमा थापा रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का संस्थापक गभर्नर नवराज न्यौपानेले स्थापनाकालदेखि नै लायन्स क्लबले अफ सिद्धार्थनगर टुलिपले रचनात्मक कार्यहरुलाई निरन्तरता दिदै आएको बताए । उनले आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । विशिष्ट अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका पाष्ट डिष्ट्रिक गभर्नर अरुण प्रताप राणाले लायन्सले सामाजिक क्षेत्रमा काम गर्दै आएको बताए । कार्यक्रममा लायन्सका अगुवा नेत्र प्रसाद आचार्य, अनिता थापा लगायतले बोलेका थिए । मिनिता थापा र पवित्रा थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij