
सोमवार , आषाढ २०, २०७९
भैरहवा, २० असार ।
रुपन्देहीमा कटुवा पेस्तोलसहित तीनजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीका प्रहरी निरीक्षक युवराज जंग कार्कीको कमाण्डमा गस्तीमा खटिएको टोलीले आइतबार राती साढे ८ बजे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको जिल्ला सिद्धार्थनगरका ३४ वर्षिय चिनक भनिने मेदि हुसेन,सोही स्थानका ५१ वर्षिय अक्बर खान, र ५५ वर्षिय आसिक अलि रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका–६ स्थित बसपार्कमा युपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल शंका लागि पिछा गर्दै जाने क्रममा मोटरसाइकल अनियन्त्रित भइ गोरुलाइ ठक्कर दिदा दुर्घटना भएको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालक र मोटरसाइकलमा सवार २ जना घाइते भएका थिए । उनीहरुको अनुहारमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ । मोटरसाइकल चालक मेदि हुुसेनको दाहिने कम्मरपेटीबाट कालो प्लाष्टिक झोलाभित्र एउटा कटुवा पेस्तोल केएफ ९ एमएम लेखिएको २ राउण्ड गोली र चक्कु एक थान फेला परेको र उक्त सामान बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij