images

बिहिवार, बैशाख १३ गते २०८१

जुत्ताले धानेको जीवन

जुत्ताले धानेको जीवन

images
images
images
सोमवार, आषाढ २० २०७९
सोमवार, आषाढ २० २०७९
  • जुत्ताले धानेको जीवन

    भैरहवा, २० असार ।
    भैरहवाको उखर्मौलो गर्मी । सडकको तातो राप । उखर्मौलो गर्मी र सडकको तातो रापको प्रवाह नै नगरी सडक छेउमा ग्राहकको पखाईमा छन् दीपचन हरिजन । भैरहवाको बुद्धचोक मेनरोड छेउमा लौरोमा छाता अडाएर ग्राहकको प्रतीक्षामा बसेका हरिजनलाई गर्मीको रापले भन्दा पनि जीविको कसरी चलाउने भन्ने रापले सताउने गरेको छ ।

    images

    छाताको ओत लागेर बसेका हरिजनको छेउमा दुईवटा बेन्ची पनि छन् । उनले राखेका बेन्ची ग्राहक बस्नका लागि राखिएका हुन् । जुत्ता सिलाउने काम गर्दै आएका हरिजनले भुँइमा बोरा बिच्छाएर ग्राहकको जुत्ता सिलाउने काम गर्छन् ।

    सडक छेउमा प्राय आफ्ना परिवारको साथमा बस्ने हरिजन ग्राहक आउनासाथ आफ्नो काममा तल्लीन भइहाल्छन् । बिहानैबाट जुत्ता सिलाउँदै उनको दैनिकी सुरु हुन्छ । उनले बुद्धचोकमा बसेर आफ्नो जीवन चलाउन लागेको पनि १० वर्ष भयो ।

    बिहान उठ्ने, नित्यकर्म सक्ने, खाना खाने अनि जुत्ता सिलाउने उनको दैनिकी हो । घरको सबै काम सक्काएपछि सिलाउन दिएका ग्राहकका जुत्ता लिएर बिहान ९ बजे तीर बुद्धचोकमा आइपुग्ने हरिजन साँझ ७ बजेसम्म काम गर्छन् । यस भन्दा पहिले उनी जहाँजहाँ हाटबजार लाग्छ, त्यहीत्यही ठाउँमा पुगेर जुत्ता सिलाउने काम गर्ने गर्दथे । उनको जुत्ता सिलाउने पेशा पुर्खौली पेशा भने होइन । बाउबाजेको पुर्खौली पेशा भनेको माछा मार्ने, माछा बेच्ने थियो, हरिजन भन्छन्, ‘जुत्ता सिलाउने कामबाट आफू सन्तुष्ट भएपछि माछा मार्ने र बेच्ने काम नगरेर जुत्ता सिलाउने काम गर्न लागेको हुँ ।’

    उनका बुवाले भने अझै माछा बेच्ने काम गर्ने गरेको हरिजन बताउँछन् । भारतको महाराजगंजमा स्थायी घर भएका हरिजन सानैदेखि भैरहवा बस्दै आएका थिए । उनका परिवार भने अहिले पनि भारतमै बस्ने गरेका छन् । उनी भने नेपाल बस्न लागेको १८ वर्ष भयो ।

    १० वर्षदेखि जुत्ता सिलाउने काम गर्दै आएका हरिजन आफ्नो पेशाबाट सन्तुष्ट रहेको बताउँछन् । एक श्रीमती, एक छोरा र एक छोरीका साथै भैरहवामा बसेर बुद्धचोकमा जुत्ता सिलाउँदै आएका हरिजनले बालबच्चा पढाएर परिवार पाल्नका लागि पुग्ने गरेको बताए । कोभिडका बेला परिवार पाल्न समस्या भोगेका हरिजन अहिले भने आफ्नो परिवार पाल्न र बालबच्चा पढाउनेदेखि सबै जिम्मेवारी पुरा गरेका छन् ।

    उखर्मौलो गर्मीमा पसिना पुछ्दै भन्छन्, ‘हरेक काम ग्राहो छ । मलाई पनि ग्राहो हुन्छ । गर्मीमा अत्याधिक पसिना आउछ, घामले पोल्छ, पानी आउँदा भिजाउँछ उनले भने, ‘जस्तो जे भए पनि आफ्नो काम त गर्नपर्याे नी ।’

    घाममा त छाता ओढेर पनि काम गर्छौ, पानी पर्दा छाताले छेक्दैन, पोको बोकेर ओत लाउन दौडिएर जान्छु हरिजन भन्छन्, ‘काम नगरे साँझ–बिहान खान पुग्दैन, भोको पेटले घाम पानी नभन्ने रहेछ ।’

    ‘केही न केही नगरी खानु छैन, आफुले जानेको बिना लगानीको पेशा आजसम्म परिवारलाई पालनपोषणका लागि यसैबाट गुजारा चलेको छ, ’उनले भने । बुद्धचोक छेउमा उनीसँगै ६ जना बस्ने गरेका छन् । सबैजना मिलीजुली काम गरिरहेको उनले बताए । सबै जनाको यही पेशाबाट नै जीविकोपार्जन चलेको छ ।

    आफ्नो कामको अनुभवबारे उनी भन्छन्, ‘सधै एकैप्रकारका ग्राहक आउँदैनन कोही अलि कराउने २० रुपैयाँ दिनुपर्नेमा १० रुपैयाँ दिने हुन्छन् भने कोहीकोहीले २० रुपैयाँ दिनुपर्नेमा ५० रुपैयाँ दिन्छन् ।’

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij