२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लायन्स सिद्धार्थनगर लोटसको अध्यक्षमा ललिता बछार

आइतवार , आषाढ १९, २०७९

भैरहवा, १९ असार ।
लायन्स क्लब अफ सिद्धार्थनगरको पाँचौ पद हस्तान्तरण समारोह भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२१/०२२ की अध्यक्ष मञ्जु खरेलले वर्ष २०२२÷०२३ की अध्यक्ष ललिता बछारलाई पद हस्तान्तरण गरेकी छन् । वर्ष २०२२/०२३ की अध्यक्ष बछारले सबैको साथ र सहयोगले आफ्नो कार्यकालमा रचनात्मक कार्यक्रमहरु गर्ने बताइन् ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा रुपमाया पुन, द्वितीय उपाध्यक्षमा पार्वती अधिकारी, तृतीय उपाध्यक्षमा सरिता आचार्य, सचिवमा सुनैना के.सी., कोषाध्यक्षमा उषा घिमिरे, सह–सचिवमा अम्बिका भण्डारी, सह–कोषाध्यक्षमा मन्जु पराजुली, टेमरमा भबि कुमारी वि.क. र टेल ट्वीष्टरमा नमिता थापा रहेका छन् ।

त्यस्तै निर्देशकमा कमला दर्लामी, दीपा घिमिरे, सीता भण्डारी, लक्ष्मी श्रेष्ठ, तारा बराल, अनिता विश्वास, अम्बिका ज्ञवाली, एलसीआइएफ को–अर्डिनेटरमा पल्लवी न्यौपाने, सर्भिस को-अर्डिनेटरमा लता पोख्रेल, मार्केटिङ एण्ड कम्युनिकेशन चेयरपर्सनमा अनिता थापा क्षेत्री, क्लब एडमिनिसटे«टरमा माया पौडेल र मेम्बरसीप चेयरपर्सनमा सृजना जोशी रहेका छन् । 

त्यस्तै सदस्यमा उमा अधिकारी, किरण मिश्र, शान्ता रोक्का, सञ्चिता राजभण्डारी, मिनिता राजभण्डारी, अम्बिका ज्ञवाली, विष्णु मरासिनी, कमला चौधरी, संगिता चौधरी, माया कंडेल, मुना देवकोटा, पुष्पा मिश्र, सुष्मा राजकर्णिकार रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का संस्थापक गभर्नर नवराज न्यौपानेले लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले पाँच वर्षको अवधिमा इतिहास रच्न सफल भएको बताए । उनले मञ्जु खरेलको कार्यकाल वर्ष २०२१/०२२ मा क्लबले २९ वटा कार्यक्रम गर्नु प्रशंसनीय रहेको बताए । न्यौपानेले भने, ‘सानो कुरा जसले खुसी बनाउँछ, त्यो महत्वपूर्ण छ, सेवाले आत्मसन्तुष्टि प्रदान गर्छ ।’

विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले पुरुषको साथले महिलालाई अगाडि बढ्न सहयोग पुर्याउने बताइन् । उनले क्लबले आत्मरक्षा तालिम गर्न आवश्यक रहेकोमा जोड दिदै त्यसमा नगरपालिका आवश्यक सहयोग र सहकार्य गर्न आवश्यक रहेको बताइन् ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका पाष्ट डिष्ट्रिक गभर्नर अरुण प्रताप राणाले क्लब जन्माउने भन्दा पनि स्थापना गर्ने र त्यसलाई स्थापित गर्ने कुरा महत्वपूर्ण रहेको बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले विभिन्न प्राकृतिक प्रकोपमा लायन्स क्लबले सहयोग गर्दै आएको बताए ।

लायन्स डिष्ट्रिक को–चिफ एडभाइजर ओम कुमार श्रेष्ठले लायन्सले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।
डिष्ट्रिक एक्जुकेटिभ चिफ महेशचन्द थापाले क्लबलाई आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको बताए ।

290657274_400301908804556_380144592903734172_n.jpg

एरिया चिफ संगम न्यौपाने, डेपुटी सेक्रेटरी विजय पाण्डे, जोन चेयरपर्सन तथा लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्व अध्यक्ष नेत्र प्रसाद आचार्य, ओम जैशी, राकेश गुरुङ लगायतले बोल्दै लायन्स सिद्धार्थनगरले उत्कृष्ट कार्य गर्दै आएको बताए ।
लायन्स सिद्धार्थनगर लोटस वर्ष २०२१/०२२ की अध्यक्ष मन्जु खरेलको अध्यक्षता, सचिव सरिता आचार्य तथा सह–सचिव सुनैना के.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।