२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

लायन्स क्लब अफ बुटवल स्टार्समा विजय बर्नवाल

शुक्रवार , आषाढ १७, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • बुटवल, १७ असार । 
    लायन्स क्लब अफ बुुटवल स्टार्सको आगामी वर्ष २०२२/२०२३ को लागि नयाँ नेतृत्व पद हस्तान्तरण भएको छ । क्लबको आगामी वर्षको लागि नयाँ अध्यक्षको रुपमा विजय बर्नवाललाई निवर्तमान अध्यक्ष अन्जील खानले पद हस्तान्तरण गरेका हुन् । 

    निर्वाचित अध्यक्ष वर्नवालले आफ्नो कार्यकालमा नमूना बनाउने गरी सामाजिक कार्य गर्ने बताए । उनले सबैको साथ र  सहयोगले क्लब अगाडी बढ्ने भएकोले सहकार्यका लागि अनुरोध गरे । 

    बिहीबार एक कार्यक्रमकाबीच संथापक अध्यक्ष तथा डिष्ट्रिक ३२५ पी का सचिव सन्दिप कसौधनले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदै लायन्सकै इतिहासमा गौरवपूर्ण काम गर्ने अपेक्षा समेत व्यक्त गरे ।

    नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा भुपेन्द्र अर्याल, द्वितीय उपाध्यक्षमा विश्वजित कसौधन, तृतीय उपाध्यक्षमा राजन जिसी, सचिवमा ढकेश्वर भट्टराई, कोषाध्यक्षमा अब्दुल सलामत, सह–सचिवमा किरण केसी, सह–कोषाध्यक्षमा बृज किशोर वर्मा पदभार ग्रहण गरेका हुन् ।

    त्यस्तै पी.आर.ओ राम बहादुर शाही, एलसीआइएफ कोडिनेटर चेयरपर्सन रुक्मागतं पाण्डे, निर्देशक (डिजास्टर रेस्कुउ एण्ड रिलफ डा.अन्जनी बर्नवाल, युथ चियर फर्सन निर्देशकमा नविन पन्थी, फाइनान्स चेयरपर्सन निर्देशकमा प्रेम कुमार शर्मा, स्पोट्स निर्देशक चियर पर्सनमा विष्णु ज्ञवाली, टेल-ट्वीष्टर गोकुल तिवारी, टेमरमा घनश्याम पाण्डे दभार ग्रहण गरेका हुन् ।

    कार्यक्रममा २०२१÷२२ का अध्यक्ष एन्जिल खानले नयाँ कार्यसमिति बधाई र क्लबलाई कसरी अगाडी क्रियाशिल गराउन र समाजिक काममा जोड दिन आग्रह गरेका छन् ।