
बिहिवार , आषाढ १६, २०७९
भैरहवा। रुपन्देहीको आकर्षण बचत तथा ऋण सहकारी सस्था लिमिटेडले ४३ जना सेयर सदस्यलाई व्याज अनुदान वितरण गरेको छ।
युवा तथा साना व्यवसायि स्वरोजगार कोषद्वारा कर्जा लगेर नियमानुसार व्याज बुझाएका ४३ जना सदस्यलाई ६० प्रतिशत व्याज अनुदान दिईएको सहकारीका अध्यक्ष ओम गैरेले जानकारी दिए। आकर्षण सहकारीले ४३ जनालाई ३ लाख ३७ हजार ५ सय ४२ रुपैया बितरण गरेको अध्यक्ष गैरेले जानकारी दिए।
व्यवसायिहरुलाई तिलोत्तमा नगरपालिका प्रमुख (मेयर) रामकृष्ण खाणले चेक हस्तान्त्रण गरेका थिए। सो अबसरमा बोल्दै नगरप्रमुख खाणले सहकारीको माध्यमबाट आम नागरिकलाई स्वरोजगार बनाउने अभियानलाई अझै तिव्र बनाउनु पर्नेमा जोड दिए। सहकारीको माध्ययमबाट गरिवी न्यूनिकरण गर्नमा ठुलो टेवा पुगेको उल्लेख गर्दै उनले समाज रुपान्त्रणमा सहकारीको भुमिका अहम रहेको बताए।
सहकारीले स्वरोजगार कोषबाट २०६९ सालमा ५० लाख रुपैया ऋण लिई ४३ जना व्यवसायिलाई कर्जा लगानी गरेको थियो।
५० हजार देखि २ लाखसम्म ऋण लगेका सेयर सदस्यले समयमै बुझाएपछि उनीहरुलाई व्याजमा ६० प्रतिशत अनुदान दिने निर्णय अनुसार व्यवसायिलाई त्यस बापतको रकमको चेक हस्तान्त्रण गरिएको कर्जा असुली सहजकर्ता जिवन ज्ञवालीले जानकारी दिए। कोषले ३५ सहकारीबाट ८ सय ३७ जनालाई १९ करोड ४२ लाख बढी रकम लगानी गरेको ज्ञवालीले जानकारी दिए।
सो अबसरमा बोल्दै सहकारीका अध्यक्ष ओम गैरेले अनुदानलाई निरन्तरता दिने बताए। उनले सहकारीका सदस्यलाई स्वरोजगार बनाउने अभियानमा आफुहरु लागिपरेको बताउदै यसमा स्थानिय सरकारले आबश्यक सहयोग गर्न आग्रह गरे।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी धर्मा अर्याल, सहकारीका व्यवस्थापक निशा भण्डारी, सहकारीका सदस्य तथा अनुदान प्राप्त व्यवसायि ओमप्रकाश कुर्मी लगाएतले बोल्दै सहकारीले सेयर सदस्यलाई स्वरोजगार बनाउन ठुलो सहयोग गरेको बताए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij