images

सोमवार, बैशाख १७ गते २०८१

रुपन्देहीमा बन्दैछ देशकै ठूलो र स्वचालित आलु उद्योग

रुपन्देहीमा बन्दैछ देशकै ठूलो र स्वचालित आलु उद्योग

images
images
images
बुधवार, आषाढ १५ २०७९
बुधवार, आषाढ १५ २०७९
  • रुपन्देहीमा बन्दैछ देशकै ठूलो र स्वचालित आलु उद्योग

    बुटवल, १५ असार ।

    images

    रुपन्देहीमा मुलुककै ठूलो र पहिलो स्वचालित आलु उद्योग स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । शुद्धोधन गाउँपालिकाको मैनहियामा स्थापना हुन लागेको यो उद्योग वातानुकुलित समेत हुनेछ ।

    रुपन्देहीका प्रतिष्ठित उद्योगी कृष्ण पौडेलले फस्ट च्वाइस् फूड प्रालि नामक आलु उद्योगको स्थापना गर्न लागेका हुन् । बुटवलमा मासु उद्योगको सफलतापछि उनले आलु उद्योग सञ्चालनमा ल्याउन लागेका हुन् ।

    आलु उद्योग अर्थात फ्रेन्च फ्राई उत्पादन गर्ने उद्योगले ६ महिनाभित्र उत्पादन सुरु गर्दैछ । उद्योगी पौडेल नेपालमै मासुलाई आधुनिकीकरण गरेर नमुना उद्योगी बनेका थिए । करिब दुई अर्ब लागतमा उनले अहिले आलु उद्योग सुरु गर्न लागेका हुन् ।

    'जर्मन प्रविधिमा आधारित यो उद्योगले अबको  ६ महिनामा उत्पादन सुरु गर्नेछ,' उद्योगी पौडेलले भने । उद्योगको उत्पादन क्षमता प्रतिघण्टा दुई हजार केजी रहेको र प्रत्यक्ष रुपमा एक सय ५० जना भन्दा बढीले रोजगारी पाउँछन् । यो उद्योगले वार्षिक करिब साढे ६ अर्बको आयातलाई घटाउनेछ । हाल नेपालमा वार्षिक करिव १२ अर्वको आलु तथा यसका परिकारहरुको आयात भैरहेको छ । उनले अहिले जुन भन्सार दरमा फ्रेन्च फ्राईको आयात भएको छ यसलाई नबढाउन र यथास्थितिमा राख्न आग्रह गरेका छन् । न्युज कारखाना


    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij