
बुधवार , आषाढ १५, २०७९
बुटवल, १५ असार ।
राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन पारेर मानव सेवा आश्रम बुटवलका वृद्धवृद्धाहरुलाई एउटा सामाजिक संस्थाले दही चिउरा खुवाएर छन् । लायन्स क्लब अफ बुटवल खस्यौलीले बुधबार आश्रममा रहेका वृद्धवृद्धाहरुलाई दही चिउरा खुवाएका हुन्।
क्लबका अध्यक्ष विष्णु प्रसाद उपाध्यायले सामाजिक उत्तरदायित्वमा युवाहरुको अग्रसरता जरुरी रहेको बताए । बुटवलमा सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाएको लायन्स क्लब अफ बुटवल खस्यौलीको आयोजनामा दही चिउरा खुवाउने कार्यक्रम गरिएको हो । परिवारबाट टाढा भएका आश्रममा बस्नेहरुलाई पर्वको अवसर पारेर मीठो खुवाउने प्रचलन प्रारम्भ गरेको उनले बताए । सबैको साथ सहयोगको अपेक्षामा आश्रम रहेको उनले बताए । कार्यक्रम सफल बनाउन बस्याल किरानाका संचालक बिनोद बस्याल, हिम कस्तुरी मिष्ठानका संचालक गणेश पौडेल, पोखरेल दूध डेरीका संचालक धुर्व पोख्रेल, क्लबका अनिल पौडेलबाट समेत सहयोग मिलेको उनले बताए । आश्रमका १ सय ४५ जनालाई सेवा दिएको उनले बताए । आफनो कार्यक्रममा करिब ५ दर्जन बढी मानव सेवाका काम सम्पन्न गर्न सफल भएको उनले दावी गरे ।
कार्यक्रममा बोल्दै आश्रमकी सरु अधिकारीले समाजका मनकारीहरुको सहयोगबाट आश्रम संचालन गर्न सहज भएको बताइन् । आश्रमको आफनै भवन निर्माण भएपछि वृद्धवृद्धाहरुलाई सेवा दिन सजिलो हुने उनले बताइन् ।
कार्यक्रममा आश्रमका संरक्षक शेर बहादुर गौतम, क्लबका सचिव विकास गौतम, वर्ष २०२२/२०२३ का अध्यक्ष कमल देवकोटा, सचिव अनिल पौडेल, कोषाध्यक्ष राजु खत्रीले सामाजिक कार्यलाई आगामी वर्षमा निरन्तरता दिने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij