सोमवार, श्रावण २३ गते २०७९
images

कम्युनिष्ट आन्दोलन धरासयी, आउँदो निर्वाचनमा कांग्रेसको बहुमत आउँछ : वामदेव गौतम 

कम्युनिष्ट आन्दोलन धरासयी, आउँदो निर्वाचनमा कांग्रेसको बहुमत आउँछ : वामदेव गौतम 

images
images
images

खबर पात्रो

१४, आषाढ २०७९
  • 321
    SHARES
  • कम्युनिष्ट आन्दोलन धरासयी, आउँदो निर्वाचनमा कांग्रेसको बहुमत आउँछ : वामदेव गौतम 

    काठमाडौं, १४ असार । नेकपा राष्ट्रिय एकता पार्टी अध्यक्ष वामदेव गौतमले कम्युनिष्ट आन्दोलन धरासयी बनेको बताएका छन् । 

    काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्र्दै आफू नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका गौतमले आफूले जीवन समर्पित गरेको कम्युनिष्ट आन्दोलन धरायसी बनेपछि नयाँ राजनीति दल खोल्नुपरेको बताए । 

    images

    आफूले नै निर्माण गरेको पार्टी र आन्दोलन धरासयी बनेको हेरेर बस्न नसक्ने भन्दै उनले गत स्थानीय तह निर्वाचनामा एमालेविरुद्ध पाँच दलीय गठबन्धन लागेको बताए । 

    कम्युनिष्टबीच एकता तथा कार्यगत एकता भएन भने गठबन्धनका नाममा कांग्रेसले आगामी संघ र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका गौतमले यदी बहुतम ल्याएन भने प्रतिनिधिसभा र प्रदेशसमा कांग्रेस सबैभन्दा ठूलो दल हुने बताए । 

    यसपछि पाँच वर्ष कांग्रेसकै नेतृत्वमा देशको संरचना रहने भन्दै उनले दोस्रो निर्वाचनमा कांग्रेसलाई गठबन्धनको आवश्यक नपर्ने बताए । 

    यो स्थितिलाई नियन्त्रणमा लिन आफूले नयाँ दल घोषणा गरेको बताउँदै गौतमले कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताए । न्युज कारखाना

    images
    images
    प्रकाशित मिति :आषाढ १४, २०७९ मंगलवार - १६:०७:४७ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend