२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

अवैध सामान बरामद 

आइतवार , मंसिर ७, २०७७

भैरहवा, ७ मंसिर । 
भन्सार छली चोरी पैठारी निकासी गरी अवैध रुपमा ओसारपोसार गर्दैगर्दा प्रहरीले विभिन्न सामान बरामद गरेको छ ।

आइतबार बिहान साढे ७ बजे सुट, काचो कपडा, बोका, चिनी लगायतका किराना सामानहरु ओसारपोसार गर्दै गर्दा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्क बहादुर खत्रीले बताए ।

२ लाख ४२ हजार ५ सय ४० रुपैयाँ बराबरको सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको खत्रीले जानकारी दिए ।