images

शुक्रवार, बैशाख १४ गते २०८१

एघार महिनामा विभिन्न देशबाट १६ अर्बभन्दा बढीको फलफूल नेपाल भित्रियो 

एघार महिनामा विभिन्न देशबाट १६ अर्बभन्दा बढीको फलफूल नेपाल भित्रियो 

images
images
images
आइतवार, आषाढ १२ २०७९
आइतवार, आषाढ १२ २०७९
  • एघार महिनामा विभिन्न देशबाट १६ अर्बभन्दा बढीको फलफूल नेपाल भित्रियो 

    काठमाडौं, १२ असार ।चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा १६ अर्ब २० करोड ७५ लाख ५० हजार रुपैयाँको फलफूल भित्रिएको छ । 

    images

    भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त रकम बराबरको फलफूल नेपाल भित्रिएको हो । सो अवधिमा नेपालमा १ अर्ब ५७ करोड ४७ लाख ५३ हजार रुपैयाँको केरा नेपाल भित्रिएको छ । सोही समयमा १२ करोड ४ लाख ६२ हजार रुपैयाँको भुँइकटहर नेपालले आयात गरेको छ । 

    पछिल्लो एघार महिनामा नेपालले ६ करोड ९१ लाख रुपैयाँको एभोकार्डो, ७१ करोड ७५ लाख ९४ हजार रुपैयाँको आँप र अम्बा, १ अर्ब २४ करोड ८६ लाख २१ हजार रुपैयाँको सुन्तला र २ अर्ब ४२ करोड ७० लाख १६ हजार रुपैयाँको अङ्गुर आयात गरेको छ।विभागको तथ्याङ्क अनुसार सोही समयमा ५१ करोड ३१ लाख ९१ हजार रुपैयाँको खरबुजा, २३ करोड ४०लाख २ हजार रुपैयाँको मेवा, ६ अर्ब ६५ करोड ११ लाख ९९ हजार रुपैयाँका स्याउ र ६ करोड २२ लाख ६९ हजार रुपैयाँको किवी नेपाल भित्रिएको छ । 

    बितेको एघार महिनामा १ अर्ब ९ करोड ३ लाख ९८ हजार रुपैयाँको अनार र ३ करोड ८७ लाख ६६ हजार रुपैयाँको लिची पनि नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । न्युज कारखाना

     

     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij