२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

सरावल गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न

कृषि, शिक्षा, स्वास्थ्य तथा महिला एवं बालबालिका र पूर्वाधार बिकासलाई विशेष प्राथमिकता

शनिवार , आषाढ ११, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • परासी, ११ असार ।
    आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले दशौं गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिका उपाध्यक्ष बासमति हरिजनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै  प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ चौधरीले स्थानीय सरकार संघीयताको उपलब्धि भएकोले सरावलबासी जनताको आवश्यकतालाई बुझ्दै पुर्वाधार विकासलाई विशेष जोड दिएर काम गर्नुपर्ने बताए । साथै पालिकाबासीहरुको समग्र विकासमा स्थानीय तहको महत्त्वपूर्ण भुमिका एवम् जिम्मेवार भएकोले सरावल गाउँपालिकाको विकास निर्माण कार्यमा हातेमालो गरेर अगाडि बढ्न सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीलाई सुझाव समेत दिएका थिए  । 

    सरावल गाउँपालिकाका अध्यक्ष एवं दशौँ गाउँसभाका सभाध्यक्ष सुखाडी प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको दशौं गाउँसभामा कृषि ,शिक्षा, स्वास्थ्य तथा महिला एवं बालबालिका र पुर्वाधार विकासलाई बिशेष प्राथमिकता दिदै पालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

    सभामा ५६ करोड ८७ लाख १३ हजार बराबरको बार्षिक बजेट वक्तब्य गाउँपालिका उपाध्यक्ष बासमती हरिजनले प्रस्तुत गरेकी थिइन् । जसअन्तर्गत चालू तर्फ ३३ करोड ८९ लाख ३ हजार ३ सय ९४ रुपैयाँ तथा पुंजीगततर्फ २२ करोड ९८ लाख ९ हजार ६ सय ६ रुपैयाँ रहेको छ ।

    गाउँपालिकाले बनाएको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम दशौँ गाउँ सभाले पारित गरेको छ भने सभामा उपस्थित वडाअध्यक्ष एवं वडा सदस्य लगायतले वार्षिक नीति तथा कार्यक्रम समग्र क्षेत्रलाई समेटेर आएको र समावेशीकरण रहेको बताए ।

    संघीय सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली, प्रदेश सरकारको समृद्ध प्रदेश सुखी जनता र सरावल गाउँपालिकाको समृद्ध सरावल गाउँपालिका, खुसी सरावलबासी भन्ने मूल नारालाई सार्थक तुल्याई दीर्घकालिन सोंचलाई पुरा गर्न आवश्यक रणनीति अवलम्वन नीति तथा कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।