images

बिहिवार, बैशाख १३ गते २०८१

भलिबलको पूर्वाधार विकासमा सरकारको लगानी बढाउनुपर्ने सुझाव 

भलिबलको पूर्वाधार विकासमा सरकारको लगानी बढाउनुपर्ने सुझाव 

images
images
images
शनिवार, आषाढ ११ २०७९
शनिवार, आषाढ ११ २०७९
  • भलिबलको पूर्वाधार विकासमा सरकारको लगानी बढाउनुपर्ने सुझाव 

    बुटवल, ११ असार ।
    भलिबलको पूर्वाधार विकासमा सरकारको लगानी बढाउनुपर्ने खेलप्रेमीहरुले सुझाव दिएका छन । शनिबार बुटवलमा सम्पन्न लुम्बिनी प्रदेश भलिबल संघको प्रथम साधारणसभा तथा अधिवेशनमा सहभागीहरुले खेल विकासमा सरकारको लगानी बढाउन सुझाव दिएका हुन् । 

    images

    अधिवेशनको एक समारोहकाबीच लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै सरकारका संरचनाहरु संघीयतामा अघि बढ्दै गर्दा खेलकुद संघीय संरचनामा जान नसक्नु दुःखद भएको बताए । संघीय सरकारको मातहतमा रहेका संरचनामा रहदा प्रदेशका धेरै खेलकुद गतिविधि अघि बढ्न नसकेको उनले बताए । नीतिगत रुपमा ऐन संशोधन गरेर संघीय संरचनामा पुनःसंरचना गर्न जरुरी रहेको उनले बताए । भलिबल खेललाई प्राथमिकता राख्दै यो प्रदेशमा राष्ट्रियस्तरको स्टेडियम र प्रतियोगिताहरु आयोजनाका लागि प्रदेश सरकारको बजेटमा सम्बोधन भएको उनले बताए । 

    साविक मध्यपश्चिमाञ्चल भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागीले खेलमा राजनीतिको प्रभाव देखिन नहुने भन्दै व्यक्तिको क्षमता र दक्षताका आधारमा खेलको नेतृत्व आउनुपर्ने सुझाव दिए । 

    कार्यक्रममा केन्द्रीय उपाध्यक्ष निरोज मास्के, केन्द्रीय सदस्य किशोर आचार्यले भलिबल खेल विकास गर्न सबैको सहयोग जरुरी रहने बताए । भलिबल खेललाई व्यवसायिक बनाउँदै खेल र खेलाडीको विकासमा लाग्नुपर्ने उनिहरुको सुझाव दिए । 

    कार्यक्रममा सचिव भिम वलीले प्रदेश संरचना नया हुँदा केही कठिनाइ देखिएको बताए । यसलाई सुधार गर्दै अघि बढ्ने समेत उनले बताए । प्रदेश परिषद अन्तरगत रहेर जिल्ला र खेल सम्बन्ध संघ–संस्थाहरुलाई समेट्ने गरि अघि बढेको बताए । लुम्बिनी प्रदेशका ११ जिल्ला संघको अधिवेशन सम्पन्न भइसकेको उनले बताए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij