images

बुधवार, बैशाख १२ गते २०८१

नगरप्रमुख खेलराज पाण्डेलाई रोटरीको मानार्थ सदस्यता

नगरप्रमुख खेलराज पाण्डेलाई रोटरीको मानार्थ सदस्यता

images
images
images
शुक्रवार, आषाढ १० २०७९
शुक्रवार, आषाढ १० २०७९
  • नगरप्रमुख खेलराज पाण्डेलाई रोटरीको मानार्थ सदस्यता

    बुटवल, १० असार ।
    रोटरी क्लव अफ बुटवलको १४२० औं नियमित बैठक एवं धन्यवाद ज्ञापन कार्यक्रम बिहीबार बुटवलमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले आफूले नेतृत्व गरेको वर्ष २०२१/२२ को कार्यकाल सकिन लागेको अवसर पारेर धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गरेका हुन् । अध्यक्ष उपाध्यायको कार्यकाल जुन ३० बाट सकिंदैछ ।

    images

    कार्यक्रमका अवसरमा रोटरी क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेलाई क्लबको मानार्थ सदस्यता प्रदान गरेको छ । बुटवलका नगरप्रमुख मानार्थ सदस्य बन्ने व्यवस्था अनुसार क्लबले मेयर पाण्डेलाई मानार्थ सदस्यताको पिन लगाइदिएर रोटरीमा स्वागत गरेको हो । यसअघिका मेयर शिवराज सुवेदी रोटरीको मानार्थ सदस्य थिए ।

    कार्यक्रमको उद्घाटन गर्दै उपमहानगरका प्रमुख पाण्डेले रोटरी जस्तो सामाजिक संस्थामा जोडिन पाउँदा खुसी लागेको बताए । उनले बुटवल उपमहानगरपालिकाले अहिले नगरको विकासका लागि विभिन्न योजना तर्जुमा गरिरहेको भन्दै नगरले अगाडि बढाउने योजना तथा कार्यक्रममा सक्रिय सहभागिता जनाएर सहयोग गर्न पनि रोटरीयनहरुलाई आग्रह गरे । उनले सबैको साथ र सहयोगले मात्रै नगरको विकासमा महत्वपूर्ण सफलता हासिल गर्न सकिने भन्दै नगरप्रमुख एक्लैले केही गर्न नसक्ने बताए ।
    रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्रप्रसाद ध्वजुले रोटरीप्रतिको आकर्षण बढाउने गरी क्लबले आगामी कार्ययोजना निर्माण गर्नुपर्ने बताए ।

    क्लबका एसिष्टेन्ट गभर्नर राजेन्द्र कार्कीले क्लबले गरेका सामाजिक कार्यहरुले यसको प्रतिष्ठा सधै उचो हुने गरेको भन्दै सामाजिक काममा सबैलाई साथमा लिएर अगाडि बढे सफलता हासिल गर्न सकिने बताए ।

    कार्यक्रममा क्लबका पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल, सचिव खिमनारायण पराजुली, रोम शर्मा लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । त्यस अवसरमा क्लबका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै रोटरीको नेतृत्व आफ्ना लागि अविस्मरणीय बन्न पुगेको बताए । कार्यक्रममा क्लबका बोर्ड सदस्य र सहयोग गर्नेहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij