images

मंगलवार, बैशाख ११ गते २०८१

बेष्ट्रनमा क्रिकेट क्याम्प

बेष्ट्रनमा क्रिकेट क्याम्प

images
images
images
बिहिवार, आषाढ ९ २०७९
बिहिवार, आषाढ ९ २०७९
  • बेष्ट्रनमा क्रिकेट क्याम्प

    बुटवल, ९ असार ।
    बुटवलको देवीनगरस्थित बेष्टर्न क्रिकेट एकेडेमीमा एकहप्ते विशेष क्रिकेट क्याम्प सुरु भएको छ । भारत मेघालय यु–१९ को प्रमुख कोच आईसीसी लेभल २ कोच एस पी यादवले एकेडेमीमा खेलाडीहरुलाई प्रशिक्षण दिनेछन । लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले बुधबार क्याम्पको उद्घाटन गर्दै उमेर समूहको क्रिकेटर उत्पादन गर्न निजी क्षेत्रका एकेडेमीको महत्वपूर्ण योगदान भएको बताए । 

    images

    रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले एकेडेमीलाई बल हस्तान्तरण गर्दै क्रिकेट सिक्न चाहने बालबालिकाहरुलाई उर्जा क्याम्पबाट हुने दावी गरे । एउटा निजी लगानीमा सञ्चालन भएको एकेडेमीबाट अन्तर्राष्ट्रियस्तरको तालिम चलाउनु गर्वको विषय भएको उनले बताए । 

    क्याम्पका प्रशिक्षक आईसीसी लेभल २ कोच एस पी यादवले नेपाली युवा क्रिकेटरहरुमा धेरै जागरुकता र सिकाइको भावना भेटेको बताए । करिब ३ वर्षअघि पनि तालिम दिन बुटवल आएको आफनो अनुभव सुनाउदै उनले क्रिकेट सिक्नका लागि मिहिनेत गर्न युवाहरुमा चाहना भेटेको बताए । 

    कार्यक्रममा खेलकुद महासंघका अध्यक्ष सुरेन्द्र शाक्य, रुपन्देही लनटेनिस संघका अध्यक्ष सन्जय श्रेष्ठ, पुर्व राष्ट्रिय खेलाडी मोहन थापा, नेपाली राष्ट्रिय टिमका खेलाडी देव खनाल, रुपन्देही जिल्ला क्रिकेट संघका सचिव सन्जय गुरुङ, उपाध्यक्ष धिरज अधिकारी, कोषाध्यक्ष निरजप्रताप खाड, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष सोहन श्रेष्ठले खेल विकासमा सबैको क्षेत्रबाट हातेमालो जरुरी रहेको बताए । 

    एकेडेमीका अध्यक्ष भुवन पाण्डेले नियमित वार्षिक कार्यक्रमअनुसार नै प्रशिक्षण कार्यक्रमहरु गरिदै आएको बताए । कोभिड संक्रमणका कारण दुईवर्ष स्थानीयस्तरमा नै प्रशिक्षण गरिदै आएको मद्दत मिल्ने उनले बताए । एकेडेमीमा ४५ जना खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij