सोमवार, जेठ १५ गते २०८०

भैरहवाका ई–रिक्सा चालक आन्दोलित, नगरपालिका र ट्राफिक प्रहरीले दुःख दिएको गुनासो

भैरहवाका ई–रिक्सा चालक आन्दोलित, नगरपालिका र ट्राफिक प्रहरीले दुःख दिएको गुनासो

images
images

खबर पात्रो

७, आषाढ २०७९
  • 3.3K
    SHARES
  • भैरहवाका ई–रिक्सा चालक आन्दोलित, नगरपालिका र ट्राफिक प्रहरीले दुःख दिएको गुनासो

    भैरहवा, ७ असार ।

    विगत केही दिनदेखि आफूहरुलाई सिद्धार्थनगर नगरपालिका र ट्राफिक प्रहरीले विभिन्न कारण देखाउँदै दुःख दिएको भन्दै भैरहवाका ई–रिक्सा चालक आन्दोलित भएका छन्। उनीहरुले ई–रिक्सा/अटोरिक्सा दर्ता प्रमाणपत्र, लाइसेन्स लगायतको बहानामा दुःख दिइएको भन्दै मंगलबार ई–रिक्सासहित नगरपालिका कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन्।

    images

    सवारी किन्न पाउने तर चलाउनु नपाउने नियम ठीक नभएको ई–रिक्सा चालक हफिजुल्ला मुसलमानले बताए। उनले नगरपालिकाले ई–रिक्सा दर्ता गर्ने भए निःशुल्क दर्ता गर्नुपर्ने माग गरे। उनले भने, अहिलेसम्म नगरपालिकामा दर्ता गर्नुपर्ने नियम थाहा पाइएन, अहिले एकाएक कसरी यो नियम आयो। उनले सरकारले रोजगारी दिन नसकेको बेला आफूहरुले ऋण लिइ ई–रिक्सा चलाएर जीविकोपार्जन गरिरहेको बताए। उनले ई–रिक्सा चलाउन नदिने भए आफूहरुको रिक्सा नगरपालिकाले किनेर ई–रिक्साको रकम दिनुपर्ने बताए। उनले भने, ‘ट्राफिक प्रहरीले जथाभावी हाम्रो सवारी रोकेर जरिवान काट्दै दुःख दिने काम गरेको छ, हाम्रो गल्ती छ भने त ठीकै छ नत्र त्यत्तिकै त दुःख दिनु भएन ।’

    ई–रिक्सा चालक रेमलाल घर्तीले नगरपालिकामा दर्ता भएन भनेर आफूहरुलाई विगत ४ दिनदेखि दुःख दिइएको बताए। उनले रोजगार गर्दा समेत आफूहरु सुरक्षित नभएको बताए। उनले भने, ‘अटोरिक्सा लिएर नगरपालिकाले हामीलाई रोजगारी दिन्छ भने हामी तयार छौं ।’

    लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले नेपालमा बेरोजगारीको समस्या रहेकाले रहरले नभइ बाध्यताले नागरिकले ई–रिक्सा चलाएको बताए। उनले व्यवस्थित ढंगले बिना अवरोध चलाउने ई–रिक्सा चालकले व्यवसाय गर्न पाउनुपर्ने माग गरे। उनले भने, ‘यति संख्यामा रिक्सा चल्नुपर्छ भन्ने कुरा आउँछ भने त्यो मुर्खता हो, नेतृत्व गर्ने व्यक्तिले आफूलाई जनताको रुपमा बुझ्न सके समस्या समाधान हुन्छ।’ नगरपालिकाले ट्राफिक प्रहरीसँग समन्वय गरेर ई–रिक्सा सञ्चालन गर्न दिनुपर्ने उनको भनाइ छ। उनले दिनमा ७/८ सय रुपैयाँ कमाउने ई–रिक्सा चालकलाई १ हजार जरिवाना तिराउनु व्यवहारिक नभएको बताए।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईश्तियाक अहमद खानले दर्ता नभएका ई-रिक्सालाई दर्ता गराएर चलाउन लागिएको बताए। नगरभित्र आवश्यकता भन्दा बढी ई-रिक्सा सञ्चालनमा रहेको र त्यो पनि दर्ता र लाईसन्स बिनै सञ्चालनमा आएकाले नियमन गर्न खोजिएको नगरप्रमुख खानले बताए। सवारी दुर्घटना न्यनीकरण गर्नका लागि ई-रिक्सालाई व्यवस्थित गर्न खोजेको नगरपालिकाले जनाएको छ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख केशव के. सी. ले दर्ता विना सञ्चालनमा रहेका ई-रिक्सालाई रोकिएको बताए। नगरपालिकाले नगर क्षेत्रभित्र नगरपालिकामा दर्ता भएका तिनपाङग्रे सवारीसाधनलाई मात्रै चल्ने दिने व्यवस्था अनुरुप ट्राफिक प्रहरीले लाईसन्स तथा बिलबुक नभएका ई-रिक्सालाई चेकजाँच गरिएको बताए।

    images
    images
    प्रकाशित मिति :आषाढ ७, २०७९ मंगलवार - १६:०२:५० बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend