२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

‘कोभिड–१९ समस्यासंगै अवसर’ 

शनिवार , मंसिर ६, २०७७

बुटवल, ६ मंसिर ।
वातावरणविद् तथा अधिवक्ता युवराज कंडेलले वर्तमान समयमा प्रविधिमैत्री शिक्षा उपयुक्त भएको बताएका छन । कोभिड–१९ का कारण प्रत्यक्ष विद्यालयमा अध्यापन गराउन कतिपय स्थानमा समस्या हुने भन्दा प्रविधिको सदुपयोग गरेर शिक्षा प्रदान गर्नु उपयुक्त भएको बताएका हुन । 

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ४९ औ नियमित बैठक तथा कोभिड–१९ को प्रभावको बारेमा शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले वातावरणलाई सकारात्मक प्रभाव परेको बताए । नेपालका उद्योगहरुले उत्पादन गर्ने भन्दा पनि सिमापार भारतमा हुने प्रदुषणको प्रभाव नेपालमा परेको उनले बताए । जसका कारण सीमा क्षेत्रका पुरातात्विक स्थलहरुमा प्रभाव परेको उनको दावी छ । स्थानीय सरकारका लागि यो विकासको एउटा अवसर भएपनि यसलाई सही ढंगले लिन नसकेको उनको दावी छ । स्वदेश फर्किएका युवाहरुलाई रोजगार दिने गरी योजनाहरु कार्यान्वनमा ढिलाई भएको उनको दावी छ ।

क्लबका अध्यक्ष गोपाल ज्ञवालीले कोभिड–१९ अहिले विश्व मानवलाई नै समस्यासंगै अवसर पनि भएको बताए । 

क्लबका पुर्वअध्यक्ष बालकृष्ण अर्याल, रोट्या्क्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका उपाध्यक्ष कृष्ण भण्डारी, सचिव दिपक भट्टराई, कोषाध्यक्ष निरज श्रेष्ठ, सदस्य दुर्गा नेपालले सामाजिक कार्यमा हातेमालो जरुरी रहेको बताए ।