
शनिवार , श्रावण १०, २०७७
नवलपरासी, १० साउन ।
नेपाल र भारतको सीमा नवलपरासी ब.सु.पश्चिम प्रहरी प्रमुख एसपी अजय केसीले निगरानी बढाएका छन । एसपी केसीले सीमा नाकामामा निगरानी बढाउनासाथ करीब ८५ लाख १५ हजार ६ सय बराबरको मालसमान बरामद भएको छ ।
प्रहरीले नवलपरासीको विभिन्न स्थानबाट भन्सार छलीका सामानहरु बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको टोली र सीमा चौकी महेशपुर संयुक्त टोलीले पाल्हीनन्दन गाउँपालिका वडा नम्बर १ रमपुरवास्थित भारततर्फबाट काजु, किसमिस, मटर, छोहाडा, कपडा, सुपारी, फर्चुनतेल, हार्डवेयर समान नेपालतर्फ ल्याउने क्रममा करिब ३० लाख बराबरको मालसामान बरामद गरेको छ ।
त्यसै गरी एसपी केसीकै निर्देशनमा ईलाका प्रहरी बेलाटारी इञ्चार्ज प्रहरी निरीक्षक खुमानन्द पान्डे आउने बितिकै राती गस्ती गर्ने क्रममा मटर केराउ, कुखुराको चल्ला, रक्सी, हार्डवेयर, कपडा गरी करिब ४०लाख बराबरको सामान समेत नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि भन्सार कार्यालय महेशपुर नवलपरासीमा बुझाएको छ ।
त्यसै गरी एसपी केसीको कमाण्डमा खटिएको टोलीले करिब १५ लाख १५ हजार ६ सय बराबरको मदिरा, चिनी, कपडा, र सुपारी बरामद गरेको छ । आवश्यक कारवाहीको लागि भन्सार कार्यालय महेशपुर नवलपरासी बुझाइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु लामाले जनकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij