२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

चितुवाको छालासहित ४ जना पक्राउ

शुक्रवार , मंसिर ५, २०७७

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, ५ मंसिर । 
    चितुवाको छालासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको गुल्मीदरबार गाउँपालिका– ४ का २२ वर्षिय बिमल मगर, २४ वर्षिय संजिव पेमी, १८ वर्षिय बिशाल राना र रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ का ३० वर्षिय बिश्व भट्टराई रहेका छन् ।

    शुक्रबार बिहान साढे १० बजे बुटवल उपमहानगरपालिका–९ ईट्टाभट्टी लाइनस्थित होटल विशाल एण्ड रेष्टुरेण्टबाट उनीहरुलाई दुर्लभ संरक्षित वन्यजन्तु चितुवाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्क बहादुर खत्रीले जानकारी दिए । 

    चितुवाको छालाको कारोबार भइरहेको छ भन्ने सुराकीको आधारमा खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रूपन्देही र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त होटलको १०२ नम्बरको कोठामा बसेका ४ जनालाई पक्राउ गरिएको खत्रीले बताए ।

    प्रहरीले उनीहरुको साथबाट ६ फिट लम्बाइ र एक फिट ३ इन्च चौडाइको एकथान चितुवाको छाला बरामद गरेको छ ।