images

शुक्रवार, बैशाख १४ गते २०८१

‘वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर जाऔं’

‘वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर जाऔं’

images
images
images
मंगलवार, जेठ ३१ २०७९
मंगलवार, जेठ ३१ २०७९
  • ‘वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर जाऔं’

    भैरहवा, ३१ जेठ ।
    वैदेशिक रोजगारमा जाँदा श्रम स्वीकृत लिएर वैधानिक बाटोबाट मात्र विदेश जान सरोकारवालाहरुले आग्रह गरेका छन् । भैरहवामा सुरक्षित आप्रवासन (सामी) परियोजनाले मंगलबार आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी पत्रकारसँग अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा जान आग्रह गरेका हुन् ।

    images

    श्रम स्वीकति लिएर विदेश गए रोजगारीको सिलसिलामा केही भवितव्य भइहाले पनि राज्यले सहयोग गर्ने भन्दै उनीहरुले वैदेशिक रोजगारीमा जाँदा सरकारले तोकेका सम्पूर्ण मापदण्ड पुरा गरेर मात्र जानुपर्नेमा जोड दिए ।

    सामी परियोजनाले सकेसम्म स्वदेशमै रोजगारी गर्न प्रेरित गर्ने, विदेश जानै पर्ने भए सिप सिकेर वैधानिक बाटोबाट जान सिफारिस गर्ने गरेको परियोजनाका लुम्बिनी प्रदेश प्रमुख पञ्चराम चौधरीले जानकारी दिए । उनले एक वर्षमा ५ लाख ५३ हजार बढी युवायुवती वैदेशिक रोजगारीको लागि विदेशिने गरेको बताउँदै त्यसमा कतिपय श्रम स्वीकृति नलिइ जाने गरेको बताए । परियोजनाले सकेसम्म विदेश नजान प्रेरित गर्ने र जानैपर्ने भएमा सिप सिकेर, आफू जाने ठाउँको भाषा, आफूले पाउने सेवासुविधाको बारेमा राम्रोसँग बुझेर मात्र जान आग्रह गर्ने गरेको उनले बताए ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले पनि सकेसम्म स्वदेशमै काम गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिए । उनले विदेश जाँदा आफू जाने देश, गर्नुपर्ने काम, जाने देशको भाषा लगायतका विषयमा सामान्य जानकारी लिएर जानुपर्ने बताए । उनले भने, ‘स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं ।’

    कार्यक्रममा सुरक्षित आप्रवासन (सामी) परियोजनाकी संयोजक सीता पन्थले संस्थाले गरेका कामका विषयमा जानकारी दिएकी थिइन् । 

    कार्यक्रममा बुटवलकी रेश्मी गुरुङले केही वर्ष पहिले आफू र श्रीमान् विदेश गएको र विदेशमा भोगेका पीडाहरु सम्झिएर दिदीबहिनी विदेश नगए हुन्थ्यो जस्तो लाग्ने गरेको बताइन् । उनले स्वदेश फर्केपछि  सुरक्षित आप्रवासन (सामी) परियोजनाले आयोजना वित्तीय साक्षरताको तालिम र मनोपरामर्शबाट धेरै सजिलो भएको बताइन् । संस्थाले दिएको तालिम र मनोपरामर्शबाट अहिले आफ्नै लगानीमा होटल व्यवसाय सुरु गरेको उनले जानकारी दिइन् । रुविता कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सुरक्षित आप्रवासन (सामी) नेपाल सरकार र स्वीस सरकारबीच द्विपक्षीय परियोजना हो । यो परियोजना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरुको नेतृत्वमा सञ्चालित छ । परियोजनालाई स्वीस सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । 

    सामी परियोजनाले सिद्धार्थनगर नगरपालिकासहित बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र कञ्चन गाउँपालिकामा वैदेशिक रोजगारीका विषयमा सूचना तथा परामर्श लगायतका विषयमा काम गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij