२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

सिद्धार्थ आधारभूत विद्यालयलाई रेडक्रस र युनिसेफको सहयोग

शुक्रवार , मंसिर ५, २०७७

भैरहवा, ५ मंसिर ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ मा अवस्थित श्री सिद्धार्थ आधारभूत विद्यालयलाई नेपाल रेडक्रस सोसाइटी र युनिसेफले आर्थिक सहयोग गरेको छ । 
 
रेडक्रस सोसाइटीले १ लाख ४४ हजार सहयोग गरेको छ । विद्यालयमा रंगरोगन, ढोका तथा झ्यालमा जाली, फिल्डमा माटो भर्ने काम र शौचालय मर्मत र कोभिड–१९ को जोखिमबाट मुक्त हुन साबुनपानी र सेनेटाइजरको व्यवस्था मिलाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द प्रसाद बस्यालले बताए । रेडक्रसको सहयोग र विद्यालयको २५ हजार रकमले उक्त कार्य गरिएको अध्यक्ष बस्यालले जनाए ।

कक्षा ५ सम्म पढाइ हुने सिद्धार्थ आधारभूत विद्यालयमा ५७ जना विद्यार्थी अध्ययनरत छन् । नगरपालिकाभित्र रहेको विद्यालयलाई नगरपालिकाले वेवास्ता गर्दा मर्मतसम्भारमा समेत समस्या भएकोले रेडक्रसले आर्थिक र भौतिक सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपाध्यक्ष दिपक क्षेत्री न्यौपानेले बताए । 

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष करुञ्जन श्रेष्ठ, रेडक्रस सोसाइटी सिद्धार्थ शाखाका अध्यक्ष सञ्जिव शर्मा रेग्मी, पूर्व केन्द्रिय उपाध्यक्ष सुदर्शन नेपालले मन्तव्य राखेका थिए । युनिसेफले ३ थान डस्टबीन, २ पेटी साबुन र ६ पिस सेनेटाइजर विद्यालयलाई प्रदान गरेको थियो ।